रसियाले बनाएको कोरोना भाइरसको भ्याक्सिनको ट्रायल गर्न नेपालले औपचारिक पत्र पठाएको छ। रसियाका राजदूतलाई भेटेर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीले औपचारिक पत्र दिएका हुन्।
यसअघि रसियाका राजदूतले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनालाई भेटेर नेपालले चाहे भ्याक्सिन उपलब्ध गराउने बताएका थिए। रसियाले तेश्रो चरणको परीक्षण बाँकी रहेको भ्याक्सिन कोरोनाको उपचारमा उपयोगी हुने दावी गर्दै आएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीलाई समेत भ्याक्सिन दिइएको बताएका छन्। तर पश्चिमा मुलुकहरुले भने तेश्रो चरणको परीक्षण बाँकी रहँदै रुस सरकारले यसलाई मान्यता दिइएकोमा आश्चर्य प्रकट गर्दै आएका छन्।
ज्ञवालीले नेपालको तर्पबाट भ्याक्सिन उपयोगी भए उत्पादन समेत गर्न इच्छुक रहेको पत्र रसियाका राजदूत मार्फत् पठाइएको हो। रसियाका राजदूतले स्वास्थ्य मन्त्रीलाई समेत भेटेर भ्याक्सिन उपयोगी रहेको बताएका थिए।
ज्ञवालीले चीनको होङ्सी शिवम् सिमेन्टको पत्र समेत प्राप्त भएको बताए। उनले परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुदैँ परिषद्मा पत्र आइपुगेको बताए।