सरकारले विदेशबाट हवाई मार्ग हुदैँ नेपाल आउनेहरुका लागि अनिवार्य होटल अथवा होम क्वारेन्टिनको व्यवस्था गरेको छ। यसरी नेपाल आउनेले अब प्लेनको टिकट काट्दा सँगै होटलको कोठा समेत बुक गर्नुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ सय २० होटलका ३ हजार ५ सय बेड क्वारेन्टिनका लागि छुट्ट्याएको छ। होटलको सूची सँगै होटलहरुमा बस्दा लाग्ने दररेट र खानाको मेनु समेत समावेस गरिएको छ ।
जसमध्ये पाँचतारे होटलमा एक्लै बस्दा ९ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ ।
चार तारे होटलका लागि एकजना बस्दा ८ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा ५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
तीनतारे तथा डिलक्स रिसोर्टमा एकजना बस्दा ६ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
दुई तारे होटल तथा स्टाण्डर्ड होटलका लागि एकल ५ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
एक तारे होटलमा एकल बस्दा ४ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
पर्यटक स्तरको होटलमा एकजनाका लागि २ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्ने भएमा प्रति व्यक्ति १ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै साना तथा मझौला होटलको दररेट पनि तोकिएको छ । साना तथा मझौला होटलमा एकल रुमका लागि १ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सबै होटलमा खाना र खाजा गरी दिनको चारपटक खान दिइने मेनु सार्वजनिक भएको छ। जसमा बिहानको खाजा, खाना, दिउसोको खाजा र साँझको खाना उपलब्ध हुने छ ।
स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सक्ने क्षमता भएका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सूचीकृत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।
आएसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, भौतिक दूरी कायम गर्न सक्ने होटलहरु सूचीकरणमा परेका छन् ।
भिडिओ रिपोर्ट -