प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षा बन्धन बाँधेर र जनै फेरेर मनाइएको छ।
तर रक्षा बन्धन र जनै लगाउन मन्दिर पुगेका कतिपयले ढोका बाहिरबाटै फर्किए। भिडभाडले कोभिड–१९ को संक्रमणको जोखिम बढाउने उल्लेख गर्दै अधिकाशं मन्दिरका ढोका बन्द थिए। कतिपय मन्दिर बाहिर प्रहरीले बाटो छेकेका थिए।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासुत्र बाँध्छन्। पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई रक्षा बन्धन बाँधिदिने चलन पनि बढ्दो छ।
जनै फेर्न सोमबार बिहानै मानिसहरू पशुपति, बंगलामुखीलगायत मन्दिरमा पुगेका थिए। रक्षा बन्धन गरिदिने अधिकाशं पुरोहितहरुले मास्क लगाएका थिए।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपति क्षेत्रमा यसपालि पोहोर-परारजस्तो भीडभाड भने थिएन।
भिडिओ-