प्रहरीले राजधानीको बालुवाटारबाट इनफ् इज इनफ् अभियानका समर्थकहरुलाई पक्राऊ गरेको छ।
शुक्रबार बिहानै उनीहरु प्रदर्शनका लागि प्रधानमन्त्री निवास अगाडि भेला भएका थिए। तर भेला हुनु अघि नै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
धरपकड गरिएका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई ससम्मान तत्काल रिहाइ गर्न विवेकशील नेपालीले माग गरेको छ।
इनफ् इज इनफ् अभियन्ताहरूको पहिलो सत्याग्रहलाई अन्त्य गराउँदा स्वास्थ्य मन्त्रालयको तर्फबाट हस्ताक्षर गरिएको १२ बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै अभियान्ताले त्यसविरूद्ध प्रदर्शन गर्दै आएका छन्।
इनफ् इज इनफ् अभियानका अभियन्ता ईशान 'ई:' राजधानीको बसन्तपुरमा अनसनमा रहेका छन् ।
प्रदर्शनकारीहरुले उनीहरुको माग पूरा गर्न समेत माग गरेका छन् ।