लगातार परेको पानीले बागमती नदीको सतह बढेको छ। हाल बागमती करमैया बाढी मापन केन्द्रमा जलसतह ५ मिटर पुगेको र बढ्दो क्रम रहने भन्दै सतर्कता अपनाउन भनिएको छ।
बाढीका कारण नदी किनारका वस्तीहरू डुबानमा परेका छन्।
यस्तै बागमती बगेर पुग्ने सर्लाही र रौतहटको डुबान भइरहने होचा स्थानका वस्तीहरूलाई सतर्क रहन भनिएको छ।
निरन्तर आएको पानीले अहिले काठमाडौंका बाटो हिलाम्मे भएका छन्।
काठमाडौंका खोला किनारमा पानीको सतह बढ्दा र सडकहरू जलमग्न हुँदा जनजीवन कष्टकर बनेको छ। विभिन्न ठाउँहरूमा साना सवारी साधन डुबानमा परेका छन्।