सन्धुलीको दुधौली नगरपालिका स्थित कमला नदीमा ठेक्का अवधि भन्दा झण्डै एक वर्ष अघि नै पुल निर्माण सम्पन्न भएको छ।
कालिका रुसुवा ज्वाइन्ट भेन्चर कम्पनीले लकडाउनमा समेत तीव्र काम गरेर पुल निर्माण सम्पन्न गरेको हो।
२०७४ मंसिर २७ गते ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका वडा नं. ९ र ११ जोड्न कमला नदीमा पुल निर्माण सम्झौता भएको थियो। तर गरिएको पूल सम्झौता अवधि भन्दा ११ महिना अगावै निर्माण सम्पन्न भएको छ।
निर्माण सम्झौता भएको ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेको र ९ महिना पछि पुल निर्माण सुरु भएको प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले जानकारी दिए।
स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माणको कार्य एक वर्ष अघि नै सम्पन्न भएको ढकालले बताए।
कुल ६ सय मिटर लामो यो पुल प्री स्ट्रेस मोडलमा बनेको छ । पुल साढे ६६ करोड रुपैयाँकाे लागतमा बनेको हाे । भिडिओ-