सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको सम्बन्ध बिग्रँदो छ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद चलाउन नसकेको भन्दै ओलीको राजीनामा मागेका छन्।
नेकपाको जारी स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्नेको बहुमत संख्या छ। यस्तोमा प्रचण्ड ओलीलाई हटाएर आफू प्रधानमन्त्री हुन चाहिरहेका छन्।
ओली र प्रचण्डको सम्बन्ध विगत देखि नै अविश्वासले भरिएको छ।
दुवैले सकेसम्म एक अर्कालाई उपयोग गर्ने रणनीति अपनाउने गरेका छन्।
ओली र प्रचण्डबीच देखिएको व्यक्तित्वको टकरावले संसदमा बहुमत प्राप्त दल नेकपा फुटको संघारमा पुगेको छ।
ओली र प्रचण्डको सम्बन्धबारे यो भिडिओ हेर्नुहोस्-