नेपालमा पहिलोपटक अन्तराष्ट्रिय डिजिटल ह्याकथन हुने भएको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था नेक्स्टजेनले ह्याकथन आयोजना गरेको हो।
नेक्टजेनमा आबद्ध विद्यार्थी सुजेन श्रेष्ठले ह्याकथनमा दश देशबाट विद्यार्थी र आइटी प्रोफेसनल सहभागी हुने टुङ्गो लागेको बताए।
ह्याकथनका सहभागीले दुई दिनको भित्र एउटा विषयमा हार्डवेयर वा सफ्टवेयर तयार पार्नुपर्नेछ।
ह्याकिङ र म्याराथन शब्द मिलेर ह्याकथन शब्द बनेको भएपनि यसको अर्थ कम्युप्टर सेक्युरिटी उल्लघंन गर्ने नभएको सुजेनले बताए। 'यो भनेको ह्याकिङ हैन', सुजेनले भने, 'यो भनेको कोडिङ र प्रोग्रामिङ गरेर प्रोजेक्ट डिभलपेमेन्ट गर्ने हो।'
भारतमा वर्षेनी सरकारले नै ह्याकथन आयोजना गर्ने गरेको उनले उल्लेख गरे। प्रदेश सरकारका प्रहरीहरुले समेत आफ्नो सुरक्षा प्रभावकारी बनाउन ह्याथन आयोजना गर्ने गरेको सुजेनले बताए।
नेपालमा ह्याथनका केही इभेन्टहरु भएको भएपनि अन्तराष्ट्रिय डिजिटल ह्याकथन पहिलोपटक हुन लागेको उनले उल्लेख गरे। भिडिओ -