इनफ् इज् इनफ् अभियानको नेतृत्व गरेका ईशान ‘ई:’ ले अनसन सुरु गरेका छन् ।
ललितपुरको कृष्ण मन्दिर परिसरमा कोभिड–१९ को सबल व्यवस्थापनको माग गर्दै उनी अनसन बसेका हुन्। यसअघि उनकै फेसबुकबाट सुरु भएको पिसिआर टेस्टको माग सहितको आन्दोलनले देशव्यापी रुप लिएको थियो।
ईशान पानी समेत नखाई अनसनमा बसेका हुन्। उनले सरकार दम्भले भरिएको र त्यसका कारण संक्रमणवृद्धि रोक्न असफल हुदैँ गएको आरोप लगाएका छन्।
यसअघि सिंहदरबारमा रातो रंग पोतेर चर्चामा आएका उनलाई केहि समय प्रहरीले पक्राऊ गरेको थियो। ईशानलाई इनफ् इज इनफ् आन्दोलनमा सहभागि हुँदा प्रहरीले केहिअघि माइतीघरबाट प्रदर्शन गरेको थियो।
२५ वर्षीय ईशान फोटोग्राफी र भिडिओग्राफीमा रूचि भएका युवा हुन्। सामाजिक सञ्जालमा उनले आफ्नो नाम 'ई' मात्र राखेका छन्। उनले आफ्नो थरसमेत परित्याग गरेका छन्। थरले समाजको जातीय विभेद झल्काउने हुँदा परित्याग गरेको उनको भनाइ छ।
ईशानले करिब पाँच वर्षअघिदेखि विभिन्न सामाजिक मुद्दामा आवाज उठाउँदै आएका छन्। मधेस आन्दोलनपछि पूर्वदेखि पश्चिमसम्मका नेपाली नागरिकलाई आपसमा जोड्नुपर्छ भनेर उनले ३७ दिन लगाएर देशव्यापी पदयात्रा गरेका थिए। राष्ट्रिय एकता र शान्तिको सन्देश दिन उक्त पदयात्रा गरेको उनले त्यति बेला अन्तर्वार्तामा बताएका थिए।