सत्ताारुढ नेकपाका सांसद बेदुराम भुसालले राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद जितेन्द्र देवलाई बुदाँगत रुपमा जवाफ फर्काएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकमा देवले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न ७ वर्षको अवधि राख्दा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा फरक पर्ने बताएका थिए। त्यस्तै उनले नेपाल नेकपाका कारण नेपाल चीनको झोलामा जान लागेको टिप्पणी गरेका थिए। नागरिकता सम्बन्धि नयाँ प्रावधानले राजनीतिक दुर्घटना हुन सक्ने टिप्पणी गरेका थिए।
सत्तारुढ नेकपाले मंगलबार नै देवको टिप्पणीमा नियमापत्ती गर्न खोजेको थियो। तर राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो समयमा बोल्न सुझाएका थिए।
बुधबारको बैठकमा नेकपाका सांसद बेदुराम भुसालले नागरिकताको बहसमा पक्षधरता लिएर हेर्न खोजिएको बताए। 'के नेपाल सँधै भारतको चङ्गुलमा बस्नुपर्छ भनिएको हो', भुसालले प्रश्न गरे, 'त्यसो होइन भने यहाँ समानतामा कहाँ फरक परेको छ। नेपालले जब स्वतन्त्र ढंगले निर्णय गर्न खोज्छ किन नेपाललाई भारतबाट टाढा भएको भन्न खोजिन्छ।'
भुसालले भारतमा जस्तै नेपालमा पनि ७ वर्षमा नागरिकता पाउने निर्णयको बचाऊ गरे। भिडिओ -