नेपाली पुरुषसँग विवाह गर्ने महिलाले स्थायी आवासीय अनुमति पत्र पाउने भएकी छिन्। कुनै नेपाली पुरुषसँग विवाह सम्बन्ध कायम गर्ने विदेशी महिलाले अब नागरिकता पाउन ७ वर्ष कुर्नुपर्नेछ। अहिलेसम्म नेपाली केटासँग विवाह गर्ने महिलाले वंशजको नागरिकता प्राप्त गर्ने गरेका थिए।
तर सरकारले नागरिकता सम्बन्धि कानूनमा संशोधनको गर्दै ७ वर्षमा मात्र नागरिकता दिने प्रस्ताव गरेको थियो। सरकारको प्रस्तावलाई प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले अनुमोदन गरेको हो। समितिमा सत्तारुढ नेकपाले ७ वर्षमा नागरिकता दिने पक्षमा मतदान गरेको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित समाजवादी पार्टी र राजपाले विपक्षमा मतदान गरेका थिए।
अब नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सामाजिक र सांस्कृतिक अधिकार मात्र पाउने छिन्। अर्थात् ती महिलाहरुले निर्वाचनमा मतदान गर्न तथा उम्मेद्वार हुन पाउने छैनन्। सरकारी जागिर खान पाउने नपाउने तथा पासपोर्ट पाउने नपाउने विषयमा समितिले तयार पारेको कानुन मौन छ।
विदेशी महिलालेे नागरिकता निलएसम्म आवासीय अनुमति पत्रकाे आधारमा सम्पति किनबेच गर्न तथा भोगचलन गर्न पाउनेछिन्। त्यस्तै पेशा व्यवसाय सञ्लालन गर्न पाउनेछिन्। त्यसैगरि जन्म, मृत्यु तथा विवाह जस्ता व्यक्तिगत घटना दर्ता गर्न पाउनेछिन्। त्यस्तै आवासिय अनुमति पत्रको आधारमा राष्ट्रिय परिचयपत्र पाउनेछिन्। (भिडिओ)