कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ।
शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन्।
त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका सहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन्।
ही दिनयता युवा तथा अभियान्ताहरूले स्वत:स्फूर्त रूपमा विभिन्न मुद्दा उठाएर प्रदर्शन गर्दै आएका छन्। विशेषगरी पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका छन्।
सरकारले भने लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ। भिडिओ