नेपालले भारतलाई 'नक्शास्त्र' प्रहार गरेको नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको धारणा प्रति परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली टिप्पणी गरेका छन्।
ज्ञवालीले प्रतिनिधि सभा बैठकमा 'नक्शास्त्र' शब्द प्रयोग गर्नु उचित नहुने बताएका हुन्। गिरिले रामले रावणलाई अस्त्र प्रहार गरे जस्तै नेपालले पनि भारतलाई नक्शास्त्र प्रहार गरेको बताएका थिए।
त्यस्तै गिरिले कोरोनाको मारमा परेका विदेशमा रहेका नेपाली कामदारलाई नेपाल ल्याउने विषयमा सरकारले छुट्याएको बजेटमा प्रश्न उठाएका थिए। उनले राजदूतावास बनाउने ठूलो बजेट छुट्याइएको तर नेपाली ल्याउन बजेट कम छुट्याएकोमा आपत्ती जनाएका थिए। प्रतिनिधि सभामा जवाफ दिने क्रममा ज्ञवालीले विदेशमा रहेका नेपालीलाई ल्याउन बजेट अभाव नहुने बताए। (भिडिओ)