नेपालले सुगौली सन्धीलाई आधार मान्दै लिम्पियाधुराबाट बगेको नदीलाई काली नदी मान्दै नयाँ नक्सा जारी गरिसकेको छ।
भारतले उक्त नक्सालाई अस्वीकार गरेको छ। नेपालले स्थानीय भाषामा कुटियाङ्दी भनिने काली नदीलाई नै नेपाल भारतको सीमा मान्नुपर्ने मत वर्षौ देखि राख्दै आएको छ।
नेपाल र भारतबीच काली नदीको उद्गम स्थललाई लिएर विवाद छ। सीमा टुङ्गो लाग्न सकेको छैन।
भारतले नोभेम्बर–२ मा जारी गरेको नयाँ नक्सामा नेपालको भूमि समेटिएपछि त्यसमा नेपालले असन्तुष्टि जनाउँदै कुटनीतिक नोट पठायो। दुई साता अघि भारतले नेपालको लिपुलेक क्षेत्र हुँदै चीनको मानसरोबर जाने सडक बनाएपछि नेपालमा विरोध चर्कियो। फेरी पनि नेपालले कुटनीतिक नोट पठायो। तर त्यसको आधिकारीक जवाफ नदिई भारतले सेनापति मार्फत अभिव्यक्ति दिन लगायो ।
खासमा काली नदिसँग सम्बन्धित विवाद के हो? लामो समय नापी विभागमा काम गरेका तथा दुई देशबीचको सीमा विवाद समाधानका लागि गठित समितिमा बसेर काम गरेका सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीसँगको कुराकानी। भिडिओ-