प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतलाई उनीहरुको निशान छापको विषयलाई लिएर प्रश्न गर्ने बताएका छन्।
भारतीय निशान छापमा चार वटा सिंह रहेको र त्यसको मुनि सत्यमेव जयते लेखिएको प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा स्मरण गरे।
उनले आफूले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतलाई प्रश्न गर्ने बताए। 'म भारतलाई सोध्नेछु, सत्यमेव जयते की सिंह जयते?
प्रधानमन्त्री ओलीले सरकारले सोमबार मन्त्रिपरिषद्बाट पारित भएको नेपालको नयाँ राजनीतिक नक्साबारे संसदलाई जानकारी गराएका छन्।
उनले सरकारको नीति तथा कार्यक्रममा जवाफ दिने क्रममा भारतले नेपाली भूमि भएर सडक निर्माण गरेको विषयमा टिप्पणी गरेका हुन्।
भारतले नेपालको दार्चुलाको भुमि भएर सडक बनाएपछि सरकारले नीति तथा कार्यक्रममै नयाँ नक्सा सार्वजनिक गर्ने विषय उल्लेख गरेको थियो। भिडिओ -