सरकारी तथ्यांक अनुसार यसवर्ष कर्णाली प्रदेशमा २३ हजार ४ सय २० मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ।
समग्र प्रदेशको लागि वार्षिक ३ लाख ५० हजार ९ सय ९८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। तर पछिल्लो समय लकडाउनले आपूर्तिमा थप असहजता थपिरहेका बेला यस वर्ष थप अभाव अझ बढ्ने देखिन्छ ।
तर कर्णाली प्रदेशले भने अझैं तीन महिनालाई पुग्ने खाद्यान्न रहेको र कुनै अभाव नरहने बताएको छ। प्रदेशकी कृषि तथा सहकारी मन्त्री विमला केसीले लकडाउनका कारण खाद्यान्न अभाव नहुने र आपूर्ती पनि प्रभावित नभएको बताएकी छिन्।
'रोग र भोकले कोही पनि मर्न पर्दैन। हामीले सबै कुराको व्यवस्था मिलाएका छौं,' उनले भनिन्।
मन्त्री केसीले खाद्यान्न संकट आउन नदिन हरेक स्थानीय तहमा खाद्यान्न भण्डारण केन्द्र स्थापना गर्न प्रदेश सरकारले काम गरिरहेको बताइन्।
प्रदेशमा खाद्य संकट आउन नदिन प्रदेश सरकारले कसरी काम गरिएको छ भन्ने विषयमा मन्त्री केसीसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी-