कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको ६ साता पूरा भएको छ। लकडानउका कारण उद्योग, कलकारखाना ठप्प छन्।
आवात जावत रोकिएको छ।
छिटपुटबाहेक विकास आयोजनाको काम अगाडि बढेको छैन। लाखौँले रोजगारी गुमाएका छन्। होलट र पर्यटन क्षेत्र पूर्णतया ठप्प भएका छन्।
तर सरकारले विस्तारै आर्थिक गतिविधि बढाउन लकडाउन खुकुलो पार्ने नीति लिएको छ। पहिलो चरणमा सरकारले संक्रमण नदेखिएका जिल्लाहरुमा लकडाउन खुकुलो पार्ने तयारी गरिरहेको छ।
सेतोपाटीले लकडाउन खोल्दै गर्दा के कुरामा ध्यान दिने भनेर पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशी र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग कुराकानी गरेको छ। हेर्नुहोस् भिडिओ -