कोरोनाभाइरस महामारीले गर्दा देशभरका अस्पताल पनि प्रभावित छन्। आकस्मिक सेवा बाहेक अरू सेवा प्रभावित भइरहेका छन्। यसबाट विशेष समूहहरू मारमा परेको देखिन्छ। त्यस्ता समूहमध्ये एक हो, गर्भवती महिला।
अस्पतालका प्रसुति ओपिडि सेवाहरू पनि बन्दजस्तै छन्। यस्तो अवस्थामा के गर्ने त? काभ्रेको धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सुमन ताम्रकार अत्यावश्यक अवस्थामा बाहेक गर्भवती अस्पताल जानु नपर्ने तर्क गर्छन्।
‘धेरै रगत बग्यो, तल्लो पेट दुख्यो, बेहोस भयो र नथामिने गरेर वान्ता भयो भने अस्पताल जानुपर्छ,’ उनले भने, ‘पेटभित्र बच्चाको तौल कम नहुन र मृत्यु नहोस् भन्नेमा चनाखो भने हुनुपर्छ।’
कोरोना एचआइभी एड्सजस्तो आमाबाट बच्चामा नसर्ने भएकोले चिन्ता लिनु नपर्ने उनले बताए। तर बच्चालाई स्तनपान गराउँदा आमाले मास्क लगाउँदा राम्रो उनले उनले बताए।
हेर्नुस् भिडिओ: