प्रहरीले काठमाडौं उपत्यकाको लकडाउनमा थप कडाइ गरेको छ। कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनका कारण सार्वजनिक सवारी साधन बन्द छन्। मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ। त्यस्तै पसल, कलकारखाना बन्द छन्।
सर्वसाधारणले एक दुई किलोमिटरको बाटो समेत हिँड्न छाडेर सवारी साधन प्रयोग गरेको प्रहरीले जनाएको छ। प्रहरीले सवारी साधन नियन्त्रणमा समेत लिएको छ। हेर्नुहोस् भिडिओ -