कोरोनाभाइरसको संक्रमणको त्रास विश्वभर फैलिरहेको छ। संक्रमणपछि यसबाट बच्नका लागि देशहरुले विभिन्न रणनीति अपनाइरहेका छन्।
'कोरोनाबाट कसरी जोगिन सकिन्छ?' भन्ने कुरा सबैलाई महत्वपूर्ण छ।
नेपाल सरकारले पनि कोरोनाबाट जोगिन कदम चालेको छ।
कोरोना महामारी नेपाल नआइसकेको भएपनि यसबाट बच्न सरकारले जनचेतना फैलाइरहेको छ।
सरकारलाई सहयोग गर्दै केहि नेपाली सेलिब्रेटीले सामाजिक सञ्जालमा भिडिओ, फोटो तथा स्टाटस पोस्ट गरिरहेका छन्।अभिनेता राजेश हमाल, क्रिकेटर पारस खड्का, अभिनेत्री रेखा थापा, गायिका त्रिशाला गुरूङ लगायतले सन्देशमुलक भिडिओ सामाजिक सञ्जालमा राखेका छन्।
ती भिडियोमा 'हात कसरी धुने?', 'हाच्छ्युँ आउदा के गर्ने?', 'सकेसम्म भिडभाडमा नजाने,' जस्ता सन्देश दिइएको छ।
हेर्नुहोस् भिडिओ :-