प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली कामदारहरूलाई स्वदेश फर्कन परेको असुविधाप्रति आफू जानकार रहेको बताएका छन्।
शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै समस्या परे सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह समेत गरेका छन्।
उनले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र चिन्तित नहुन सुझाए। 'हाम्रो कुटनीतिक नोयोगहरूले तपाईंलाई सक्दो सहयोग गर्छ,' उनले भने।
उनले विदेशबाट आउने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे।
सरकारले खाडी राष्ट्र सहित कोरिया, जापान, टर्की र मलेसियाबाट नेपाल आउन रोक लगाएको छ। त्यस्तै सरकारले आजै चैत ९ गतेदेखि सबै अन्तराष्ट्रिय उडान १८ गतेसम्मका लागि रोकेको छ। हेर्नुहोस् के भने प्रधानमन्त्रीले ?