४ जना इन्जिनियरसहितको ७ जना नेपाली युवा टोलीले बनाएको विद्युतीय मोटरसाइकल सार्वजनिक भएको छ। मोटरसाइकललाई 'यात्री' नाम दिइएको छ।
मोटरसाइकलको सम्पुर्ण स्पेयर पार्टस् नेपालमै डिजाइन गरेर अमेरिका, चीन, भारत, र युरोपेली मुलुकका कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
‘हामीले सबै काम आफैले गर्यौ, कतिपय पाट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौ,’ पाण्डेले भने।
सिङ्गल चार्जमा मोटरसाइकल २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ। बाइकमा ४० हर्सपावरको शक्ति छ।
कम्पनीले मोटरसाइकलको मूल्य भने सार्वजनिक गरेको छैन। ‘हामीले आफैं डिजाइन गरेर बाहिरबाट पार्टस् ल्याउँदा पनि भन्सार शुल्कमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि हामी सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउछौ,’ पाण्डेले भने।