प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालमा फेक न्यूज आउने र पेड न्यूज प्रभावी हुन थालेको बताएका छन्। सिंहदरबारमा पत्रकारहरुसँगको भेटमा सल्लाहकार थापाले फेक न्यूज, पेड न्यूज, हल्ला र अतिरञ्जनाको समस्या नेपाली सञ्चारमाध्यममा देखापरेको बताएका छन्।
उनले मन्त्रिपरिषद् विस्तार नै नभई सञ्चार माध्यमहरुले मन्त्री बनाउने र सपथ गराउने काम गरेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको स्वास्थ्य उपचार डाक्टरहरुले गर्नुपर्ने भएपनि सञ्चारमाध्यमले गरिरहेको जस्तो अनुभव भैरहेको बताए। हेर्नुहोस् भिडिओ -