नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार छोड्न महाधिवेशन प्रतिनिधिले सुझाव दिएका छन्।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलका निष्कर्ष सुनाउने क्रममा टोली नेताहरूले खुमलटार बस्दा राम्रो सन्देश नगएको सुझाव दिएका थिए।
केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले खुमलटार छाडेर कार्यकर्ताले बनाइदिएको घरमा बस्न आग्रह गरेका थिए।
'एउटा व्यापारीको घरमा हाम्रो अध्यक्ष बसेको राम्रो भएन। अध्यक्षले त्यो घर छोड्नुपर्छ भन्ने साथीहरूको धारणा छ।'
पराजुलीको भनाइ उदृत गर्दै एक महाधिवेशन प्रतिनिधिले भने,'अध्यक्षको लागि पार्टी सदस्यहरूले घर बनाइदिन्छन्। अब अध्यक्षले खुमलटार छोड्नुपर्छ।'
विवादास्पद ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा प्रचण्ड २०७४ सालदेखि बस्दै आएका छन्।