परेली


बुधवार

चिठी छोटो थियो।

‘प्रिय सोमा,

यही शुक्रबार बाँस क्याफेमा हुने पारिवारिक जमघटमा उपस्थित हुन तपाईँलार्ई हार्दिक निम्तो छ। बेलुकीको पाँच बजे सम्म आइपुग्नुहोला।’

सोमाले कागज ओल्टाइ पल्टाइ हेरी। सादा सेतो कागजमा टाइप गरिएका अक्षरहरु। सँगै आएको खाम पनि हेरी। त्यहाँ उसको नाम र कार्यालयको ठेगाना बाहेक केही थिएन।

उसले रिसेप्शनमा फोन लगाई। ‘भर्खरै मेरो नाममा चिठी छोडेर जाने को हो? केही भन्नुभो?’

एकछिनको गुनगुन पछि रिसेप्शनिष्ट बोल्यो, ‘थाहा भएन म्याम, कुरियर कम्पनीबाट आएको जस्तो लाग्छ!’

सोमाले केही नभनी फोन राखिदिई। वेबसाइटको ढाँचा बदल्न तल्लीन रहेका उसका औँला टक्क अडिए, दिमाग भने फनफनी घुमिरह्यो। कसले पठायो यस्तो अचम्मको निम्ता? ठूलीआमालार्ई त हिजो भर्खर भेटेकी थिई, केही भन्नुभएन। मामाहरुलार्ई बोलाउनु थियो भने फोन गरिहाल्नु हुन्थ्यो। सानिमाको छोरालार्ई यस्तो उट्पट्याङ काम गर्न मनपथ्र्यो, तर ऊ अहिले बिरामी भएर सुतिरहेको थियो। यी थोरै मान्छे बाहेक उसको परिवारमा को नै थिए र?

सोमाले निर्णय गरी, यस्तो अस्वाभाविक निम्तो मान्दै मान्दिन। कार्यालयमा यस्तै फटाफट निर्णय गर्न सक्ने बानीका कारण छिटै प्रगति गरेकी सोमाले एकैछिनमा यो घटनालार्ई दिमागबाट पर हुत्याइदिई।

प्रबलले भने त्यति चाँडै चिठीलार्ई बिर्सिहाल्न सकेन। कलेजमा अङ्ग्रेजीको पहिलो घण्टी भ्याएर स्टाफ रुम आउँदै गर्दा उसलार्ई पाले दाइले सेतो खाम ल्याएर दिए। सामान्य पत्राचार मानेर खोलेको त्यो खामभित्र बेग्लै खालको निमन्त्रणा पाउँदा एकछिन त छक्कै पर्‍यो। पारिवारिक जमघट रे, तर बोलाउने मान्छेको अत्तोपत्तो छैन। न ठेगाना वा फोन नम्बर छ। कसरी विश्वास गर्नु यस्तो निम्तो? सनकीको हरकत जस्तो! उसले चिठीलार्ई कच्याककुचुक पार्‍यो, सम्यायो, फेरि मुठ्ठीमा कर्‍याक्क पार्‍यो।

‘के गरेको, कति दुख दिएको त्यो बिचरा कागजलार्ई?’ आरोहीले उसको छेवैको कुर्सीमा बस्दै उसलार्ई हप्काई, ‘गर्लफ्रेन्डको बिहेको निम्तो आयो कि क्या हो?’

प्रबल फिस्स हाँस्यो र कागज आरोहीतिर तेस्र्यायो, ‘ला, पढ्।’

उसले पढीनसक्दै आखीँभौ खुम्च्याई। ‘अनि बोलाएको चाहीँ कल्ले नि?’

‘त्यही थाहा नभएर त रनभुल्लमा पर्‍या छु नि।’

‘भुल्ल न सुल्ल,’ आरोही बोलिहाली, ‘खुरुक्क जाने, टन्न मासु भात खाने, आउने। खाना बनाउने टण्टा नि हट्यो, खुशी हो न।’

‘त्यो त हो, तर नचिनेको मान्छे…’

‘नचिनेको भए किन यसरी अफिस अफिसमा चिठी पुर्‍याउँछ? केही नसोची जा, रमाइलो गर्!’

‘अँ, जाँदैमा त के बिग्रिएला र…’ प्रबल सुस्तरी बोल्यो।

नितिनलार्ई जमघटमा जाने निर्णय गर्न एक मिनेट पनि लागेन। साल्सा क्लासबाट निस्किने बित्तिकै नकुल भाइले उसको हातमा खाम दियो। पसिनाले एकछेउ भिजेको निम्तो पढेपछि नितिनको मन फुरुङ्गै भयो। जान मन लागिराखेको चौतारी क्याफेमा जमघट, क्या मज्जा! यो अनुज अंकलको नयाँ आइडिया होला। अस्ति भर्खर भन्दै हुनुहुन्थ्यो, ‘गेट टुगेदर नगरेको धेरै भयो, अब बोलाउँछु है केटा!’ जे होस्, बुढाको स्टाइल मान्नै पर्छ।

‘कसले चिठी पठा रैछ, नितिन दाइ?’ नकुलले टेबुल पुछ्दै सोध्यो।

‘तिम्रो बाजेले,’ नितिनले कागजको डल्ला बनाएर उसलार्ई हान्यो, र नकुलले हात उजाउन पाउनु अगाडि नै नुहाउनलार्ई बाथरुम छिर्‍यो।

 

बिहीवार

सोमाले आमालार्ई निम्तोको बारेमा सुनाउनै लागेकी थिई, फेरि चुप लागी। जे मा पनि पीर मान्ने आमालार्ई बेक्कार किन दुख दिनु? फेरि ऊ त्यो जमघटमा पुग्ने पनि त होइन!

प्रबलले छेउको हजामकोमा गएर कपाल काट्यो। शर्टमा दुइपटक आइरन दल्यो। बोलाएको ठाउँमा केही नलिइ जानु पनि त भएन, एक बट्टा चकलेट किन्यो।

नितिनले आफ्नो बेस्ट फ्रेन्डलार्ई धमास दियो, ‘भोलि त मलार्ई बाँस क्याफेबाट इनभिटेशन आएको छ, हेर्। मेरो डान्स देखेर को लठ्ठ परे जस्तो छ!’

 

शुक्रवार

पाँच बजे लगत्तै भनिमण्डलको गल्लीमा सोमा हिँडीराख्दा पानीको पहिलो थोपाले उसको चिउँडो भेट्यो। यसो आकाशतिर हेरी, काला बादलले झम्टिनै खोजेजस्तो गरे। भिजेर मुसा हुनुभन्दा उसलार्ई कतै ओत लाग्नु बेस लाग्यो। संयोग यस्तो पर्‍यो, आँखैअघि बाँस क्याफेको साइनबोर्ड देखियो। जान जुरेकै रैछ जस्तो लाग्यो सोमालार्ई, फुत्त क्याफेभित्र छिरीहाली।

छिर्न त छिरी, अब जानु पो कता हो? सफा निलो भूइँमा ओछ्याइएका कालो–सेतो राडी र तिनका माथि बाँसले नै बनेका टेबुलमा थरी थरीका परिकारहरु अड्याएर गफमा मस्त भइरहेका मान्छेहरुलार्ई हेरी। त्यहाँ उसले चिन्ने जस्ता कोही थिएनन्। यसो बगैँचातिर आँखा दौडाई, पानी परेपछि त्यो त अझ सुनसान भएको थियो।

यसरी बेकामे भइ उभिनु भन्दा बाहिरै निस्कने सोच बनाइ उसले। ढोकातिर फर्किएकी मात्र थिइ, उसलार्ई कसैले बोलाईो। ‘एक्स्क्युज मि, सोमा म्याम?’

‘हजुर!’ ‘उसले सोच्नै भ्याइन, कसरी यो वेटरले उसको नाम थाहा पायो, र अझ त्यो नाम उसकै हो भनेर पत्तो लाई।

‘हजुरहरुको जमघट उता छ,’ ’वेटरले उसलार्ई क्याफेको पल्लो कुनोतिरको पर्दा लगाएको कोठा देखाउँदै भन्यो। क्याफेकै रातो–सेतो टिकटिके युनिफर्म लगाएको वेटरलार्ई धन्यवाद दिँदै ऊ त्यो कोठातिर लम्किई। यो कस्तो अपत्यारिलो जमघट हो, जहाँ उसलार्ई नियतिले नै तान्दै लगेको छ?

कोठामा पुगेर उसले पर्दा उठाइ र ढोका हल्का ठेली। खुल्लै रहेछ, ऊ कोठैभित्र पसी। उसको अघिल्तिर त्यही सुग्घरी भुइँ, र राडीमाथि बसिरहेका तीन पुरुष – एकजना अधबैँसे मानिस, एउटा बाइस तेइस वर्षकोे युवक, र एउटा भर्खरै किशोरावस्थाको बीचतिर हिँड्दै गरे जस्तो लाग्ने चञ्चले अनुहार परेको केटो। यी तीनैजनालार्ई उसले जिन्दगीमा कहिल्यै देखेकी थिइन। अब उसलार्ई पक्का भो, यो उसको जमघट हुन सक्दैन।

‘सरी…’ भन्दै ऊ पाइला पछाडी सार्दै गर्दा त्यही केटोले बोलाईो। ‘आउनुस् न,’ उसले हात हल्लाउँदै भन्यो।

‘तर म तपाईँहरुलार्ई चिन्दिन नि…’  सोमाले सझैँझै सोझै कुरा राखी।

‘हामी पनि भर्खर चिनापर्ची गर्दैछौँ,’ केटो हाँस्यो। हाँस्दाखेरि गालामा सानो खाल्टो पर्दो रहेछ। सोमालार्ई बसौँ बसौँ भो।

‘तपाईँले पनि निम्तो पाउनुभएको थियो होला?’ अर्को केटो बोल्यो। ऊ चाहीँ अलि गम्भीर, सौम्य, कता कता चिनेको मान्छेजस्तो।

‘हजुर।’ अब सोमा उनीहरुतिरै गएर थचक्क बसी।

‘वेलकम,’ अधबैँशेले हात अघि बढायो, ‘म गणेश।’

‘म सोमा,’ उसले आफ्नो परिचय खुलाई र दुई केटाहरुलार्ई हेरी।

उनीहरुले पनि नाम बताए, यतिकैमा वेटर अर्डर लिन आयो। सबैले एकअर्कालार्ई हेरे। पाहुनाले के अर्डर लिनु, कसरी अघि सर्नु, पैसा कसले तिर्ने हो? अन्त्यमा अरुभन्दा उमेरमा ठूलो भएको नाताले होला, गणेश नै अघि सर्‍यो। सबैलार्ई सोधी सोधी खानेकुरा मगाइदियो, अनि खाना आइसकेपछि कुराकानीको शुरुवात पनि उसैले गर्‍यो।

‘मैले अन्डस्ट्याण्ड गर्नै सकेको छैन,’ उसले कुम उचाल्दै भन्यो। वर्षौँ विदेश बसेपछि बोलीचालीमा आउने परिवर्तन उसको बोलीमा पनि प्रष्टै खुट्टिन्थ्यो। हुन त उसको लवाइ पनि आकर्षक र सम्भ्रान्त देखिन्थ्यो। ज्यानमा मिलेको खैरो सुट, टिलिक्क टल्किएको खरानी रंगको शर्ट र नाडीमा ठूलो घडी।

यही घडी हेर्दै उसले कुरा अघि बढायो। ‘कसैले हाम्रो समय बरबाद गर्दैछ। मेरो वाइफलार्ई पनि यस्तो प्राक्टिकल जोक्स गर्न मनपर्छ, तर अहिले उनी विपश्यना गएकी छिन्, त्यसैले उनले त पक्कै हैन। यसरी अपरिचित मान्छेहरुको भेला गराएर कसले के पाउँछ र?’

सोमाले पनि सहमतिमा मुन्टो हल्लार्ई। यहाँ आएकैमा उसलार्ई पछुतो भइरहेको थियो। अब कसरी यहाँबाट निस्किने हो, त्यही उपाय सोच्दै थिई।

नितिनले सुस्तरी बोल्यो, ‘मलार्ई त तपाईँ परिचित लाग्दै हुनुहुन्छ।’

‘इम्पोसिबल, बोई!’ गणेशले उसको कुरालार्ई बेवास्ता गरिदियो, ‘तिमी जति वर्ष भयौ, त्यति वर्षदेखि त म नेपाल आएको पनि छैन। सोह्र वर्ष पछि फर्केको हुँ।’

‘होला,’ नितिनले भन्यो, ‘तर तपाईँलार्ई देख्नलार्ई मान्छे नै अगाडि हुनु पर्दैन नि।’

‘के भन्न खोजेको?’ गणेशले आँखा चिम्सो पार्‍यो।

‘मैले तपाईँलार्ई फोटोमा देखेको छु।’

‘ए, त्यो त होला,’ गणेशको अनुहार अचानक चम्किलो देखियो, ‘एनआरएन जर्मनीको प्रसिडेन्ट थिएँ म, प्लस बिजनेसको बारे मेरो इन्टरभ्यू त छापिरहन्छ, देख्यौ होला इन्टरनेटमा…’

‘इन्टरनेटमा होइन, मेरो आमा लीलाको फोटो एल्बममा,’ नितिन दृढ हुँदै बोल्यो।

‘सरी?’ अब भने गणेशको आँखामा अनौठो भाव देखा परेकै हो, हात हल्का काम्न थालेकै हो।

‘त्यो फोटोमा तपाईँको कपाल यसरी फूलेको छैन, आँखाको वरपर यस्तो मुजा पनि परेको छैन,’ नितिनले बोल्न छोडेन, ‘तर मलार्ई थाहा छ, त्यो तपाईँ नै हो। तपाईँलार्ई देख्ने बित्तिकै मलार्ई त्यस्तो लागेको थियो, अझ नाम सुनेपछि त पक्का भयो।’

‘के?…’ अब त गणेशको स्वर पनि काँपेको थियो।

‘तपाईँ मेरो बुवा हो,’ नितिनले उसको आँखामा आँखा जुधाउँदै भन्यो। ‘होइन भन्न सक्नुहुन्छ?’

‘हुँदै होइन!’ गणेशले बल्ल आफ्नो आवाज भेट्टायो। ‘व्हाट ननसेन्स! के चाहियो तिमीलार्ई मबाट? यो सबै झुठ किन बोल्दैछौ?’

नितिन फिस्स हाँस्यो। यति सुस्तरी हाँस्दा पनि उसको गालाको खाल्टोले मुहार उजेलो बनायो।

‘आजसम्म त आमा र मैले केही मागेनौँ, आज आएर के चाहिएला र?’ उसले शान्त भइ भन्यो। ‘बरु तपाईँ भन्नुस्, यो जमघटको नाटक किन गर्नुभएको? किन बोलाउनुभो मलार्ई यी दुई मान्छेको अघि? तपाईँले चाहीँ के गर्न खोज्नुभएको?’

‘मैले… होइन!’ गणेश अब छिटो छिटो बोलिरहेको थियो। उसका आँखा ठूलठूला भएका थिए, ऊ घरि यता र घरि उता हेर्दै फलाक्न थाल्यो, ‘मैले… किन बोलाउँथे र। तर तिमी… तिमी मलार्ई नराम्रो नसोच। त्यो बेला मेरो परिस्थिति त्यस्तै थियो। छोडेको… होइन। हामी आपसी सहमतिमै… तिम्री आमा र म…’

‘मलार्ई थाहा छ,’ नितिनले उही शान्त भावमा बोल्यो, ‘आमाले मलार्ई सबै कुरा भन्नु भएको छ। उहाँलार्ई त तपाईँसँग गुनासो छैन, मलार्ई किन हुन्थ्यो र? अहिले झन उहाँ अनुज अंकलसँग खुशी हुनुहुन्छ। तर बेलाबेला मलार्ई लागिरहन्थ्यो, सन्तान जन्मिएपछि एकचोटी पनि खैखबर नगर्ने कस्तो बाउ होला? आज थाहा पाउँदै छु, एक नम्बरको डरपोक र कायर रहेछ त्यो बाउ।’

‘होइन, त्यस्तो, त्यस्तो नभन…’ गणेशको बोलीमा अब डर, रिस, र आश्चर्य सब मिसिएझैँ लाग्थे ‘हामीले आआफ्नो जिन्दगी जिउने भनेर खुशी खुशी नै छुटिएका हौँ। तयसपछि हामीले कन्ट्याक्टमा बसिरहनु पर्ने अवस्था नै थिएन। म मेरो वाइफसँगै बाहिर गएँ, र र…’

‘र म जन्मिएकै तपाईँलार्ई थाहा थिएन, हैन?’ नितिनले सोध्यो।

‘मलार्ई थाहा थिएन, तर तिमीलार्ई कसरी…’ गणेश अब पूरा वाक्य बोल्न असमर्थ देखिन्थ्यो।

‘मलार्ई आमाले सबै कुरा सुनाउनु भएको छ। खासमा, यो निमन्त्रणा देख्ने बित्तिकै उहाँलार्ई के लाग्यो कुन्नि, भन्नु भो, तेरो बुवाले पो बोलाएजस्तो लाग्दैछ।’

‘एक्स्क्युज मी,’ सोमाले जुरुक्क उठ्दै भनी, ‘यो तपाईँहरुको पारिवारिक भेटघाटमा मलार्ई किन बोलाईयो थाहा भएन, म चाहीँ हिँडे।’

नितिनले उसको हात समात्यो, ‘बस्नुस्, अझै धेरै कुरा गर्न बाकीँ छ।’

‘मलार्ई कसैसँग केही कुरा गर्नु छैन।’

‘ठिक छ, नगर्नुस्। तर एकचोटी तपाईँ हामी सबैको आँखा हेर्नुस्।’

आँखा?

सोमाले सरसर्ती सबैलार्ई हेरी। नितिनका खैरा आँखाको तलमाथि फ्रेमजस्तो बसेका काला, लामा, घुम्रिएका परेला। प्रबलका उस्तै राम्रा, खैरा, टुप्पो टुप्पोमा घुमेकाका परेला। र गणेशका अलि पातला तर उस्तै लामा अनि सुन्दर परेलाले छोपेका खैरा आँखा। ऊ आफैँले ऐनामा हेर्दा मनपर्ने एकमात्र अङ्ग – साथीहरुले खुबै प्रशंशा गर्ने, कर्लरले थिचेजस्ता उसका परेला। र त्यसको बिचबाट झुलुक्क उघ्रिँदा खैरो चकलेट जस्तो टल्किने उसका आँखा। उनीहरु चारैजनाको आँखालार्ई एकैसाथ हेर्ने हो भने थाहा हुन्थ्यो, यी चार बीच केही सम्बन्ध त पक्कै छ!

नितिनले उसलार्ई अझै एकोहोरो हेर्दै भन्यो, ‘मान्छे नचिने पनि हामी सबैको आँखा त चिन्नुभो, दिदी?’ उसले सोध्यो, ‘मैले त कोठामा तपाईँ छिर्ने बित्तिकै पत्ता लगाइसकेको थिएँ।’

‘चिनेको छैन र चिन्नु पनि नपरोस्!’ सोमा चिच्याइ। ‘मलार्ई यहाँ अब एक मिनेट पनि बस्नुछैन।’

‘यहाँबाट तपाईँ जानुहोला, सत्य त कहीँ जाँदैन, दिदी,’ नितिनको फेरि उही शालीन बोली। यो सानो केटोको ओठबाट कत्ति नसुहाउने!

सोमा त्यहीँ कक्र्‍याककुक्रुक परेर बसी। ‘मलार्ई सत्य थाहा पाउनु छैन,’ उसले आफैँसँग बोलेझैँ फुसफुसाइ, ‘के गर्नु अब म यो सत्य?’

‘म सानी हुँदा कति रुन्थेँ, थाहा छ, हरेक रात म रुँदै आमासँग जिद्दी गर्थेँ, मलार्ई बाबा चाहियो, बाबा चाहियो। म छ महिना नहुँदै छोडेर हिँड्ने त्यो बाबालार्ई कहाँबाट ल्याइदिनुहोस् आमाले! अलि ठूली भएपछि त्यो निर्मम मान्छेको बारे मैले बुझेँ, त्यसपछि मेरा आँसु बन्दै भए र म फेरि कहिल्यै रोइन। तर आज… बेस्सरी रुन मन लागेको छ। रुँदै रुँदै यो मान्छेलार्ई मेरो आँसुको सराप लाउन मन छ। मैले खोज्न छोडेको तीस वर्षपछि कसले आउन लाईो मेरो जिन्दगीमा?’ सोमा हुँक्क हुँक्क गर्न थाली।

नितिनले अब प्रबलतिर हेर्‍यो। ऊ चुपचाप टेबलम्याटलार्ई हातले खेलाईरहेको थियो। नितिनले उसलार्ई सुस्तरी छोएपछि उसले सिधै गणेशलार्ई हेर्‍यो।

‘म तँ जस्तो लुच्चा भएको तलार्ईँ अहिले यहीँ नै मारिदिन्थेँ।’ उसको स्वर अलिकति पनि चर्को थिएन, तर त्यसको शक्तिले सोमाको हातको रौँ ठाडो भयो। उसले मुन्टो उठाएर प्रबललार्ई हेरी। प्रबलका खैरा आँखामा आँधी आइरहे जस्तो देखिन्थ्यो।

‘जनावरले पनि आफ्नो बच्चाको लागि ज्यान दिन्छन्, तँ त मान्छे परिस्!’ प्रबल फेरि बोल्यो। ‘अहिले खुब ठूलो मान्छे भएँ भन्ठान्दो होस्, तर जीवनमा तेरा कुकृत्यहरु सम्झी – तँ एउटा भुसुनाजत्तिको पनि छैनस्। मेरी आमा रमाको नाम त तैँले बिर्सिपनि सकिस् होला, उसको नचाहिइएको छोरालार्ई झन् किन सम्झिन्थिस्? अझ त्यसमाथि हामी सबैलार्ई बोलाएर के गर्न खोजेको तैँले? के देखाउन खोजेको? हामीलार्ई सहानुभूति दिन? कि तेरो धनको रवाफ देखाउन?’

‘होइन, होइन,’ गणेश साँच्चिकै निरिह देखिन्थ्यो, ‘मलार्ई त्यस्तो नभन, म खराब मान्छे होइन…’

‘हाहाहा,’ प्रबलको अचानकको अट्टहासले कोठै थर्कियो। ‘तँ मान्छे नै होइन, के को असल र खराब। तँ त वास्तवमा राक्षस होस्।’

‘त्यसो, त्यसो नभन…,’ गणेशले हात जोड्यो, ‘मेरो कुरा सुन, मैले पनि केही भन्न पाउनुपर्छ…’

टेबल वरपरका तीनैजनाले उसलार्ई एकटकले हेरे। उसले अकमकाउँदै शुरु गर्‍यो। ‘मीना र मेरो बिहे परिवारले धेरै सानोमा गरिदियो, छोरी जन्मिदाँसम्म मैले बुझिसकेको थिएँ, म त्यहाँ बसेर खुशी हुन सक्दिन। त्यसैले म गाउँ छोडेर काठमाडौँ आए। मैले केही वर्षसम्म पनि उनलार्ई खर्चबर्च पठाइरहन्थेँ, तर पछि उनलार्ई पठाएको कागजात ठेगाना नभेटेर फर्किन थाले। मीना कतै सरिसकेकी रहिछिन्।’

सोमाले केही बोलिन। बोल्नुको अर्थ पनि थिएन, वर्षौँ अघिको घाउ कोट्याउनु मात्र त हो। तर उसलार्ई आफ्नो जीवनको एउटा अंशको बारे केही बुझेजस्तो लाग्यो। आमाले कहिल्यै खोतल्न नचाहने त्यो रहस्य आज उसको अघि छरपष्ट भयो।

‘तिम्री आमा…’ गणेशले अलि डराउँदै प्रबलतिर हेर्‍यो, ‘रमा हक्की थिइन् र आफूले भनेअनुसार नै सबै हुनपर्छ भन्थिन्। मैले उनको खटनपटन सहन सकिन र अर्कै ठाउँमा बस्न थालेँ। एक दुई महिनापछि म रमासँग कुरा गर्न जाँदा उनले मेरो मुखै नहेर्ने अड्डी कसिन्। जति फकाउँदा पनि मानिनन्, त्यसैले मैले पनि आफ्नो बाटो लाग्नैपर्‍यो।’

प्रबलले लामो सास फेर्‍यो। यो मान्छेले कतिको साँचो बोलिरहेको थियो उसलार्ई थाहा थिएन, तर उसकी आमाको बानी त राम्रैसँग बुझेको रहेछ। वर्षौँसम्म उसले नदेखेको बाउप्रति मनमा पालेको घृणा अलिकति कम भएको जस्तो लाग्यो।

अब गणेशले नितिनतिर हेर्‍यो।

‘मलार्ई केही भन्नुपर्दैन,’ नितिनले थकित भएझैँ भन्यो, ‘जिन्दगी यस्तै रहेछ, नसोचेका कुरा हुन्छन्, नराम्रा घटना घट्छन्। कसैलार्ई दोष दिनु भन्दा आफ्नो जिन्दगी सकेसम्म राम्ररी अघि बढाउनु पर्छ जस्तो लाग्छ मलार्ई। मलार्ई मामुले सिकाउनु भएको पनि त्यही हो।’

कोठामा शुन्यता छायो। सबै आ–आनै सोचमा डुबेका थिए।

वेटरले ढोका ढक्ढक्याएर भित्र छिर्‍यो।

‘योर अर्डर, सर,’ उसले गणेशको अगाडि मासु भरिएको कचौरा र भातको सानो प्लेट राखिदियो, अनि सुस्तरी बाहिर निस्कियो।

बेहोसीमै जस्तो गणेशले भातमाथि सबै झोल खन्यायो र कपाकप भात खान थाल्यो। उसलार्ई केही खाइरहेको हेक्का भए जस्तो पनि थिएन।

सोमा सोच्दै थिई, यो अनौठो जमघट कसले जुरायो? पक्कै नितिनले हो – उसलार्ई सबैकुरा थाहा रहेछ, सबैलार्ई भेटाउने चाल हुनुपर्छ। जसले जेसुकै भनोस्, ऊ त यो मान्छेलार्ई कहिल्यै माफ गर्न सक्नेछैन, आफ्नो बाल्यकालको पीडा बिर्सिने छैन, यति चाँडो उन्मुक्ति दिने छैन। सबै साथी चिडियाखाना घुम्न भएका बेला दस रुपैयाँको टिकट काट्ने पैसा नभएर घरमै बसेकी नमिठो दिन उसले कहाँ भुलेकी छ र! नागरिकता बनाउन जाँदा हरेक तहमा ‘बाबुको नाम’ प्रमाणित गर्नुपर्ने तीतो अनुभूति उसले कसरी दिमागबाट हटाओस्!

प्रबलले गम खायो, यो पापीले उनीहरु सबैलार्ई एकै ठाउँ ल्याउने आँट कसरी गर्‍यो? यस्तो दुष्ट मान्छेको त पक्कै केही चाल हुनुपर्छ, बिस्तारै थाहा होला। नितिन र सोमा भने उसलार्ई कसो कसो आनै जस्तो लागे। कस्तो अनौठो सम्बन्ध!

नितिनको विचार थियो, यो जमघट प्रबल दाइले गरेको हो। उसमा कति धैरै रिस भरिएको छ, पक्कै बुढालार्ई पाठ सिकाउन बोलाएको हो। तर ख्वै, कसैले केही गरेनन्, सब चुपचाप बसेका छन् त?

गणेशले के सोच्दै थियो, कसैलार्ई थाहा भएन। किनभने त्यही बेला उसलार्ई त्यो भात र तातो झोल सर्कियो। उसका तीनै छोराछोरीलार्ई झस्काउने गरि नै सर्कियो।

‘ख्याक, ख्याक, ख्याक…’ गणेशको मुखबाट निस्कियो।

तीनैजना केटाकेटी एकै शब्द बोलेनन्। उसलार्ई हेरे। फेरि एकअर्कालार्ई हेरे। यस्तो बेलामा नचिनेको मान्छेलार्ई त हत्तपत्त सहयोग गरिन्छ, तर यी तीन भने आफ्नो ठाउँबाट उठ्दै उठेनन्। चटक हेरेर मनोरञ्जन लिएजस्तो एकतमासले गणेशलार्ई एकटक हेरिरहे। अञ्जानमै उनीहरुका हात एकअर्कातिर बढे। दुइटै भाइले दिदीको हात च्याप्प समाते।

‘ख्याङ्, ख्याङ्,’ गणेशको मुख रातो हुँदै गइरहेको थियो। यो सर्किएको मात्र त पक्कै थिएन।

‘घ्यार, घ्यार,’ अब ऊ दमको रोगी जस्तो निसासिइरहेको थियो। उसको मुख टेबलमै जोतिसकेको थियो र ती सुन्दर आँखामा डिलमा आँसु टलपल गरिरहेका थिए।

उसको हात पानीको ग्लासतिर बढ्यो।

प्रबलले यसो ग्लास गणेशतिर ठेल्न लागेजस्तो गर्‍यो, तर कसो कसो उसका औँला चिप्लिए र ग्लास टेबलबाट खसेर झर्‍याम्मै भयो।

‘स्याँ… स्याँ… स्याँ…’ अब अरु केही आवाज सुनिन छोड्यो। गणेशले आफूलार्ई अड्याउन सकेन, घोप्टो परेर भूइँमा खस्यो। जीउ लतार्दै पोखिएको पानीतिर मुन्टो जोत्यो। शिशाले जिब्रो काटेछ क्यारे, एकछिनमा सेतो भूँइमा फूल फूले जस्तै राता टाटा फैलिए।

उसको मुखबाट बिरालोको जस्तो ‘ङ्यार्र ङ्यार्र’ आजाव आइरहेको थियो। कसैलार्ई सुन्दा पनि पिडा हुने जस्तो त्यो आवाजलार्ई उसका तीन छोराछोरीले चुप लागेर सुनिरहे। दुई तीन मिनेट पछि त्यही आवाज पनि रोकियो।

प्रबलले निन्द्राबाट ब्युँझिए जस्तो गर्‍यो।

‘वेटर, वेटर,’ उसले लरबरिएको स्वरमा बोलाईो। ‘यता आउनुस्, प्लिज!’

अघिकै वेटरले बिस्तारै ढोका खोल्यो। आफ्नो अघिल्तिर लम्पसार परेको मान्छे देखेर उसले कुनै प्रतिक्रिया देखाएन। न आश्चर्य, न हतार, न विस्मात।

ऊ अझ अगाडी आइ बत्तीकै मुनि उभिएर तीन जनालार्ई हेर्न थाल्यो।

सोमालार्ई उसका लामा, काला, घुम्रिएका परेली खुब राम्रा लागे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.