हामी कहिले सुध्रने?
यो प्रश्नले चिच्याइरहेको छ
असिना परेजस्तै अश्रु झर्दै छ सडकमा
ढुङ्गाहरूले बिन्ती गर्दै छन्—
हाम्रो कथा अब पुरानो भइसक्यो।
हिजो फेरि रगत बग्यो
माटो रातो भयो
तर आत्मा त अझै उस्तै छ
त्यही पुरानो अज्ञानताको अँध्यारोमा लुकेको।
के राजा फर्केर आएसँगै
भोकको तिर्खा मेटिन्छ?
के झन्डा बदल्दैमा
भोलिको आशा जन्मिन्छ?
अनि खेल मैदानमा एक अनुहार आयो
सानै देश तर सपना ठुलो
बल खेल्दै गर्दा उसले सोध्यो—
हामी कहिले सुध्रने?
राजनीतिले आकाशे पुलहरू बनायो
तर हामी आफ्नै पाइला चिप्लिएर लडिरह्यौँ
सम्झनासँगै बलिरहेको छ—
हामी कहिले सुध्रने?