बिर्सियो होला है
त्यो मोजाको भकुन्डो
बालुवाको घर अनि डन्डीबियो
असारे झरी अनि सपनाको लहर
खै सम्झिन्छ होला र
त्यो सपनाको सहर
स्कुलबाट फर्किँदाको त्यो दोबाटो
अनि त्यही बाटोले बनाइदिएको चौबाटो
समयले बनायो बाटो अलग-अलग
संघर्षका लागि चुनियो फरक सहर
अझै पनि आउँछ आँखाभरि
बाल्यकालको लहरै-लहर
फलानाले सुनाउँछन्
अनि तँसँगै पढेको है?
म फर्काउँछु जवाफ,
अँ! एउटै थालमा खाएको पनि
अनि यति कमायो रेन्त
म फर्काउँछु जवाफ
म जस्तै साथी पनि?
मलाई उसै गरी उडाउन मन छ फेरि
पातको फिरफिरे
अनि धागो गाँसिएको चङ्गा
सकिन्छ होला र
फेरि काँधमा काँध हालेर हिँड्न?
कि सकिन्न
फेरि सफलताको काँध भेट्न?
सकिन्न होला है
फेरि उसै गरी गफिन?
खै, उसै गरी म परिवर्तन हुनै सकिनँ।