कविता
पहिला आफैं
हात जोड्थ्यौं
पाउ छुन्थ्यौ
भोट लियौ
मन्त्री बन्यौ
अनि बदलियौ
र
आज उल्टै
हात जोड्दा पनि
नदेखेझैं गर्छौ
पहिला तिमी
दैलोमा आउँदा
मेरो नैतिकता
इमानदारिता र
योगदानको खुबै
चर्चा गथ्र्यौ
तर, आज
मलाई त्यो
अबुझ र पाखे
भन्दा रै’छौ
तिम्ले रातारात
काँचुली
फेर्दैमा
सुकिला मुकिला
बन्दैमा
कसरी म पाखे
बन्छु?
अनि
हिजो जसलाई तिमी
चर्को गाली गथ्र्यौ
आज तिम्लाई तिनै
तस्कर, दलालहरू
प्यारा भएछन्
वरिपरि उनीहरूकै
भजन मण्डली
मात्रै राखेछौ
उनीहरूकै योजना
आज तिम्रा लागि
मार्गदर्शक सिद्धान्त
बनेछन्
कमिसनको खेलमा
तिमी चुर्लम्म डुब्दा
सर्वत्र डर लाग्दो
निराशा मात्रै
मडारिएको छ
एयरपोर्टहरूमा
खचाखच युवा
देश छोड्ने
होडबाजी
खै तिम्रो
सुशासन
रोजगारीका
अवसर खै?
तिम्रो राज्यअभिषेक
सँगै मौलाएको लुटतन्त्र
तिमी सवार गाडीका
लस्करहरू
धुँवा, धुलोको मुस्लो
छोपिएको भुइँ मान्छे
सायद यो अवसरवादी
तिम्रो मात्रै राज्य हो
जहाँ तिमी
दिन दहाडै
गोली दाग्छौ
जो हिजो
तिम्रो
भर्याङ थिए
भोट दिएका
थिए
चुनेर पठाएका थिए
आज उनैलाई बैरी
ठाने छौ
कृपया
तिम्रो त्यो
भजन मण्डलीले
कतै पनि
कहिलै पनि
मेरो नाम
उच्चारण नगरोस् है!