कविता
भूकम्पले तर्साएका त्रिपाल मुनि बसेका छन्
कतिपय चिसोले मृत्यु वरण गरेका छन्
राजा खोज्न कोही फेरि राजधानी पसेका छन्
राजा बन्ने मान्छे भने चुपचाप बसेका छन्
पहिला राजा फाल्नेहरू डरले कराउँदै छन्
बोल्ने मात्र बानी पर्यो काम गर्ने केही होइन
सरकारमा छु भनी डाँकाे छोडी काराउने हो
दुर्गममा मान्छे मर्दा राजधानी मै हराउने हो
संघीयता खारेज हुन्छ भन्नेहरू फाइफुस्स भैसके
सत्ताको मोहतिर उनीहरू लम्की हाले
देशभरी आपत विपत राजनीतिको खेल
लाग्छ किन पूरै देश राजनीतिकै जेल
जनता मर्ने देश बन्यो नेता पाल्ने सरकार
दलाल र ठेकेदारलाई खुसीयाली दरकार
देशमा अब झोले झण्डे मात्र रहँदा भयो
अर्थहीन जनतालाई देशमा के नै भयो
आशाहरू टुटिसके मनहरू फुटिसके
गर्न सक्ने जनशक्ति जहाज चढी उडिसके
जुन तन्त्र आए पनि केही मतलब भएन
देशमा अब बसौं भन्ने अवस्था नै रहेन।