सिमसिम पानी परिरहेको थियो। सूर्यलाई अँध्यारोले छपक्कै छोपेको थियो। सहरका खम्बामा टाँगिएका बत्तीहरू उज्यालो दिने कोसिसमा थिए भने केबलका गुच्छाजस्ता तारहरू बत्तीको उज्यालो घटाइरहेका थिए।
पानीबाट बच्न म सडक नजिकै चार पाइपमा उभिएको प्रतीक्षालयमा बसको आगमनलाई नियाल्दै थिएँ।
हस्याङ्गफस्याङ्ग गर्दै मेरो नजिकै एउटी युवती आइन्।
एउटा हातमा ट्रली ब्याग र पिठ्युँमा झोला अनि अर्को हातमा लेडिज ब्याग।
उनको भिज्दै गरेको शरीरलाई शोभा बढाएको थियो।
‘हजुर! काठमाडौं जाने बस आएको त छैन नि’, उनले लामो स्वास लिँदै भनिन्।
‘छैन हजुर।’ म हाँस्दै उनको ट्रली ब्याग बेन्चमा राख्न सहयोग गरेँ। ‘धन्यवाद’ मुस्कुराउँदै भनिन्।
‘अनि हजुर कहाँसम्म नि?’
‘म पनि काठमाडौंसम्म नै हो नि’ जवाफ दिएँ।
‘सँगै पो जाने भइयो त।’ मैले बस्ने सिट पनि एउटै परे हुन्थ्यो भन्ने कामना गरेँ।
हल्का वर्षाले भिजेको उनको शारीरिक बनावट नियाल्न नभ्याउँदै बस हामी नजिक आएर उभियो।
झिलिमिली त्यो रात्रिबसमा हाम्रो यात्रा पनि रंगीन हुने आशमा थिएँ। उनको ट्रली ब्याग रात्री बसको ढोकासम्म पुर्याउन सहयोग गरेँ। सहचालक दाइले ब्याग मिलाएर राखिदिए।
लेडिज पर्सबाट टिकट निकाल्दै सिट नम्बर हेरिन्।
ड्राइभर तर्फको पाँच नम्बर रहेछ। सौभाग्य सिट सँगै परेछ। मेरो सिट झ्यालतिरको भए पनि उनी झ्यालतिर बस्न चाहिन्।
मैले हुँदैन भन्न सकिनँ। बस काठमाडौंको लागि अगाडि बढ्यो। डिलक्स बस भएकोले सिटहरू आरामदायी थिए। सहचालक दाइले एक बोतल पानी र बिस्कुट सबै यात्रीको हातमा दिनुभयो।
बसको टेलिभिजनमा तीज गीत बज्न थाल्यो।
कमाउने नि हो, रमाउने नि हो। कतिपय यात्रीका आँखा टेलिभिजनतिर थिए त कतिपय यात्री मोबाइलमा व्यस्त थिए।
सहर कटिसकेकोले बाहिरको दृश्य अँध्यारो थियो। टाढाटाढा सिमसिम पानी छिचोल्दै पिलपिल बत्तीहरू देखिन्थे। सहचालक दाइले बसको बत्ती पनि बन्द गरिदिएपछि बसभित्रको उज्यालो अँध्यारोमा परिणत हुन चल्दै गरेको टेलिभिजन बाधक थियो। घरिघरि गीतको उज्यालोले बसमा प्रकाश छर्ने नाकाम कोसिस गरेको देखिन्थ्यो। फोनमा कुरा गरिरहेकी उनी कुरा सकेर कपाल मिलाउँदै थिइन्।
‘अनि हजुर, काठमाडौं मात्र कि?’ मेरो प्रश्न नसकिँदै ‘होइन हजुर, दुबई’ उनले थपिन्।
‘हो है, अनि म साउदी।’
बत्तीस दन्तबाट हाँसो निकाल्ने प्रयास गर्दै भनें।
‘अहो! कस्तो सौभाग्य, दुइटै परदेशी परिएछ।’ रमाइलो हुने भयो। उनको हाँसोको अगाडि मेरो हाँसो फिक्का भयो।
उनको त्यो खुसी देखेर मन फुरुङ्ग भयो। बस जङ्गलको बीचमा रोकियो। अगाडि ठूलो पहिरो गएको सूचना पाइयो।
कतिबेला बाटो खुल्ने हो अत्तोपत्तो थिएन।
पानीको थोपाहरू झन बढ्दै थिए। आकाश गर्जंदै थियो। सबै मानिसका आँखा लागिसकेका थिए। अगाडि पछाडि सडकमा गाडीको लामो लाइन थियो। चकमन्न रातमा मेरा आँखा पनि लाग्दै थिए।
उनले कोट्याउँदै भनिन्, ‘बाहिर जानुपर्ने भयाे।’
यो रातमा एक्लै कसरी छोड्नु हुन्छ नि भन्दै नजिकै रहेको यात्रुको छाता लिएर बाहिर निस्कियौं।
सुनसान रात, अनि वर्षात्। ठूलो रूखको फेदनिर ‘हजुर त्यहाँ हल्का हुनुस्। म यतै बस्छु’ भनेँ।
‘हे, आउनु न अँध्यारो रातमा के नै देखिन्छ र?’ मलाई तान्दै उनले भनिन्।
लामो स्वास लिँदै उनलाई छाताले वर्षाको पानीबाट बचाइरहेँ। उनको पानी भने मेरो खुट्टामा तातो छिटा पार्दै जमिनतिर बग्यो।आकाशमा बिजुली चम्कियो। पानीको बग्दै गरेको उनको मुहानमा बिजुली चम्केको उज्यालो पर्यो। उनी लाजले भुतुक्क भइन्। मेरो शरीर जिरिङ्ग भयो। अँध्यारोमा हामी दुबै बसतिर फर्कियौं।
अझै पनि बाटो खुल्ने कुनै सङ्केत थिएन।
हामी बसभित्र पसेपछि सहचालक दाइ पनि क्याबिनमा सुत्न गए। बसमा पूरा सन्नाटा थियो। उनी जाडोले काम्न थालिन्।
‘हजुरलाई जाडो भयो। एकछिन काखमा सुत्नुस् न।’ सहजैसँग उनी काखमा सुतिन्।
कताकता काउकुती लाग्यो। मेरा हात उनको शरीरमाथि थियो। दुइटैको तापक्रमले हामीलाई गर्मी महसुस भयाे। आँखा कति बेला बन्द भएको पत्तै भएन। बस स्टार्ट हुँदा मेरो निद्रा खुल्यो।
बिहानको छ बजिसकेको थियो। अगाडिका गाडीहरू बिस्तारै हिँड्न थाले। उनी भने मस्त निद्रामा थिइन्। मैले असहज महसुस गरेँ। सबैजसो यात्रु उठिसकेका थिए। मैले उनलाई उठाउने प्रयास गरेँ। ‘सरी’ भन्दै उठिन्।
बाहिर उज्यालो देखेर कता पुगियो भन्दै हेर्न थालिन्।
भर्खर बस हिँड्न थालेको जानकारी गराएँ।
पानीले लछारपछार परेको बाटो छिचोल्दै बस अगाडि बढ्दै थियो। एकतर्फी बाटोमा बसको गति न्यून थियो। रात्री सेवामा यात्रा गर्न निस्केको भए पनि प्राकृतिक विपतले हामीलाई दिवा सेवामा यात्रा गर्न बाध्य बनायो।
बस खाना खान रोक्दा दिउँसोको एक बजिसकेको थियो। पानीको थोपा पनि कम भइसकेको अवस्था थियो। घामको कतै अत्तोपत्तो नै थिएन। हामी दुबै खाना खान बस्यौं। मैले दुइटैलाई खाना मगाएँ। दालभात तरकारी साथमा बोका हो कि खसीको मासु थाहा भएन। खाना खाँदै मलाई हेर्दै थिइन् उनी।
सायद रातमा जङ्गलको घटना सम्झिइन् कि! म उनको हँसिलो अनुहार। लिपिस्टिक उडेको ओठ। भरिलो अनुहारमा टाँसिएका गाला। खुला छोडिएको कपाल। लचकदार कपडाबाट फुत्त बाहिर निस्कने हुन् कि जस्ता छातीमा फुलेका दुई फूलसँग काल्पनिक रूपमा रमाउँदै थिएँ। उनी उठेर हात धुन गइन्। म झसङ्ग भएँ।
खाना काउन्टरमा पुग्दा दुबै खानाको बिल बुझाइ सकिछन्।
पाँच सयको नोट निकालेर उनको हातमा राख्ने कोसिस गरेँ। तर सफल भएन। लिन नै मानिनन्। सहचालक दाइको इसारापछि बस अगाडि बढ्यो। हामी सिटमा बस्यौं। उनको अनुहार अलि दिउँसै अँध्यारो देखियो।
‘के भयो?’ प्रश्न गरेँ।
‘अब यो बस रातमा मात्र पुग्लाजस्तो छ। रातमा अब एक्लै कता होटल खोज्नु? फेरि फ्लाइट पनि राति नै छ।’
‘चिन्ता नलिनु, मेरो फ्लाइट पनि राति नै हो। हजुरलाई अप्ठ्यारो पर्दैन भने एउटै होटलमा दुइटा कोठा लिएर बस्दा हुन्छ नि।’
मैले सहानुभूति जनाएँ।
‘एउटै कोठामा बस्दा हजुरलाई अप्ठ्यारो लाग्छ र?’
‘हजुर! हजुर!! लाग्दैन। आखिर आधा रातको कुरो त हो नि। राति नै होटलबाट निस्कनुपर्छ नै। हामी दुबै जना सँगै बसौँ न त।’
‘हस्।’ उनको जवाफ थियो।
बस थानकोट काटिसकेको थियो। घामको दर्शन नभएर साँझ परिसकेको थियो। हल्का कुहिरोले काठमाडौं सहरलाई छोपेको थियो। बत्तीको उज्यालोलाई कुहिरोले छेक्दा अँध्यारो त बत्तीले जित्दा उज्यालो देखिने अवस्था थियो। बसपार्क पुग्दा घडीले रातको आठ बजाइसकेको थियो।
गेस्ट हाउसका मानिसको बोलाइलाई छिचोल्दै हामी एउटा गेस्ट हाउसमा बस्ने निर्णय गर्यौं।
कोठा सामान्य नै थियो। एउटा ठूलो पलङ्ग थियो भने अर्को सानो खाट। म सानो खाटमा पल्टिएँ। हात मुख धोएर हामी दुबै बस्दै थियौँ। खाना कोठामा नै ल्याउन भनियो। हामी दुबैले एक प्याक लगायौँ। प्याक लगाए पनि अवस्था सामान्य नै थियो। काउण्टरको मान्छेलाई रातमा एयरपोर्ट जान ट्याक्सी व्यवस्था गर्न अनुरोध गरेँ।
ट्याक्सी ड्राइभरसँग कुरा गरेर ट्यक्सीको पक्का गरियो।
म कोठामा पुग्दा उनी बाथरूम जाने तयारीमा थिइन्। मैले ढोका ढ्याप्प पारेँ। हिजोको टिसर्ट उत्रिएको थियो। पाइन्ट खाटमा लम्पसार थियो। बगैंचालाई ब्राले कोपिला मात्र छोपेको थियो। फूल प्रष्ट देख्न सकिन्थ्यो। मुहानको इज्जत पेन्टीभित्र थियो। म आफ्नो खाटतिर गएर उता फर्किएँ। सायद विदेश बसेर आएको भएर हो कि ! उनको खुलापन अलि बढी नै झल्कन्थ्यो। सावर खोलेको आवाज आयो। लगाउँदा लगाउँदै साबुन खस्यो कि? आवाज सुनियो।
ढोका नजिकै गएँ। चुकुल नै लगाउन बिर्सनु भएछ। लगाउनु ल भन्दा उनले ढोका झन खोली दिइन् र भनिन् ‘मुहान हेर्ने होइन?’
म रातो पिरो भएँ। कल्पना र सच्चाई फरक हुँदो रहेछ।
‘पिठ्युँमा साबुन लगाइदिनुस् न।’ उनको त्यो सुमधुर बोलीलाई नकार्न पनि सकिनँ।
उनको पिठ्युँमा मात्र होइन फूल, मुहान सबै ठाउँमा साबुनसँगै हात पुगे।
घाइते बाघजस्तो सानो बाथरूमबाट बाहिर निस्किएर उनकै खाटमा पल्टिएँ। शरीर पूरै आगो भएको थियो। उनी तौलियाले शरीर पुछ्दै भित्र पसिन्।
कसिलो शरीरमा फुल्दै गरेको त्यो बगैंचा खुला थियो। हातहरू हतारिँदै उतै गए। उनको कुनै प्रतिकिया आएन। कसिलो शरीर ममाथि बज्रियो। न उनको बगैंचा लजायो, न त उनको अनुहार। मुहान छोपिएको तौलिया खुस्कियो। एकअर्कालाई स्पर्श गर्दै रातको त्यो प्रहरलाई सदुपयोग गर्यौं। दुई अनुहारहरू आपसमा ठोक्किए। शरीर फलात्त गल्यो। दुबैका अपरिचित अनुहार लाजले भुतुक्कै भए। चरम आनन्दको महसुस भयो। ब्यागबाट लुगा निकालेर पुरानै रूपमा आयौं।
केही समयपछि एयरपोर्ट जान ट्याक्सी आएको जानकारी आयो। दुबै जना एयरपोर्ट गयौं। न उनले मेरो नम्बर मागिन्। न त मैले उनको नम्बर लिएँ। उनी दुबई लागिन् म साउदी।
अपरिचित मायालाई एक अर्काले एयरपोर्टबाट बाईबाई गर्यौं।