हिजोआज बोकी हिँड्नुपर्छ 
खर्पनमा थोरै श्वास
थोरै पानी 
थोरै रगत 
अनि थोरै करुणा, दया 
अनि धेर बहुत मानवता 
कोही त्यहाँ 
नाराबाजी गर्दैछन् 
कोही यहाँ नाराबाजी गर्दैछन्
कतै तिनको सिद्धान्त बल्दाबल्दै निभ्यो भने
मैले त्यही श्वास हालिदिनु पर्छ
चिच्याउँदा चिच्याउँदै सुक्यो भने घाँटी 
चुहाउनु पर्ला अलिकति पानी
जुध्दाजुध्दै खेर गए रगत 
दिनु त पक्का पर्ला
म हेरी कसरी बसम्ला 
टुटे फुटेका तिनका शरीर 
उदाङ्गिएका तिनका इज्जत 
फाटेका तिनको परिवर्तनको चाहना 
नियाउरो तिनको लक्ष्य 
र देखाउनु पर्ला कि मैले मानवता
हिजोआज चोक-गल्ली जताततै बोकी हिँड्नुपर्छ 
खर्पनमा थोरै श्वास 
थोरै पानी 
थोरै रगत 
अनि थोरै करुणा, दया 
अनि धेर बहुत मानवता।