हल्लिरहेका हात बिदाईकै सही
आत्मीय छ्न्, प्रिय छन्
जब ती हात हल्लिदैनन्
नयन भारी हुँदैनन्
नहुने नै सही अर्को भेटको आश हुँदैन
सम्बन्धको अर्को पाटो अघि आउँछ
आत्मीय अनजान हुने
भेट्ने बाहना उत्कट चाहनामा
धमिराले घर गर्छ, घरले जग छोड्छ
अनि
ती हात टाढिन्छ्न्
हातलाई टिकाउने शरीर
शिर,
शिरको शोभा मुस्कान
दुर्लभ प्राय हुँदा
फगत सन्चैको प्रश्न तेर्सिन्छ
डाक्टरले लामो सास लिन लगाएर
सन्चो बिसन्चोको लेखाजोखा गरेसरी
आरामको कामना होइन जाँच हुन्छ
बिदाई बिछोड, भेट मिलन
सबै दूर भए
दस्तुर तिर्ने सेवा लिने
सम्बन्ध टिकाउने
तब हात हल्लिने अनि मुस्कान सजाउने