टाउको फोरेर केही हुँदैन
जगत नहँसाऊ रोएर केही हुँदैन
परिश्रम गर, मेहनत गर
जिन्दगी चल्छ जसोतसो
अरुको भर नपर
किनकी भाग्य आफ्नो-आफ्नो हो!
ईर्ष्या गरेर केही हुँदैन
डाहाले जलेर शत्रु रुँदैन
यो नभए त्यो हुन्थ्यो
त्यो नभए अर्को हुन्थ्यो
एकदिन सफलताले शिखर छुन्छ
गुनासो त कस्को छैन र जिन्दगीमा
भनिरहन्छन्
यो भएन अनि भएन त्यो
किनकी भाग्य आफ्नो-आफ्नो हो!
देखेका राम्रा कुरा
सबै हाम्रा हुँदैनन्
पछारिनु पर्ने पनि हुन्छ
उठेर हिँड्नु महानता हो
पाइलाले सधैं गन्तव्य छुँदैनन्
मापन त कहाँ छ र
कसलाई कति भए पुग्ने हो
सन्तुष्ट हुन सिक्नुपर्ने रहेछ
किनकी भाग्य आफ्नो-आफ्नो हो!
धनले पुगेकाहरूको पनि
मन थीर छैन
नहुनेलाई गुम्ला भन्ने केही पीर छैन
जिन्दगी त्यस्तै हुँदो रहेछ
जसले जस्तो बाँच्यो
कर्म गर फल ढिलो चाँडो आउँछ
सकियो भने लोभ लालच कम गरे भो
किनकी भाग्य आफ्नो-आफ्नो हो!