Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ ३१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

सुभाहाङ

टेकेन्द्रराज चेम्जोङ

माघ ७

'उहिले पोरोक्मी यम्फमी माङले
इक्सादिन खाम्बेक बनायो
परम शक्तिमान उसले
घुमायो दस फन्को
आफ्नो चेतन मनलाई
मन्थन गर्यो विवेकको
तुफान आँधीबेरीहरूमा
बटार्यो शक्तिशाली बलबाहु
घुमायो समयचक्र
अनि बन्यो यो सुन्दर धर्ती।'

'आकाश र धर्तीलाई जोड्न
उठायो फक्ताङलुङ
अझै माथि चुल्यायो सेसेलुङ
अनि जोडियो धर्ती र आकाश।'

यस्तै-यस्तै मिथक सुन्दै बित्यो
सुभाहाङको बाल्यकाल।

हरेक बिहान उसको घाम उदाउँथ्यो
शिरफूल भएर पदामलुङ डाँडामा
अनि पोखिन्थ्यो उसको आँगनमा
घामले छोएर जान्थ्यो
कठाङ्ग्रिएको उसको कलिलो आङ।

उसको घाम दिनभरि खेल्थ्यो
सेहोनाम्लाङ पाखामा
बुकीहरूसँग रमाउथ्यो
अनि बास बस्न झर्थ्यो
गोधुली साँझहरूसँगै
तल-तल तमोरका गढतिर।

जब आँगनमा फुल्थ्यो सेक्मुरी फूल
उसलाई जीवन मुस्कुराए झैं लाग्थ्यो
संसार सुवासित हुन्थ्यो
नयाँ आशा पलाएजस्तो
नयाँ जीवन मुस्कुराएजस्तो लाग्थ्यो।

ऊ पढ्न सक्थ्यो बारीमा फुलेका
ढकमक्क आरुका फूलहरू
ऊ बुझ्न सक्थ्यो पातका रंगहरू
जताततै पोखिएका हुन्थे
उसका बैँसालु सपनाहरू
नागीका फूलहरूमा
ऊ चौतारीहरूमा दुःख बिसाउथ्यो
सल्लाहरूसँग सुस्केरा हाल्थ्यो।

हरेक साँझ ऊ जून हेर्थ्यो
जूनका दाग नियाल्दै
आफ्नो कलिलो गाला सुम्सुमाउँथ्यो
ताराहरू हेरेर हातका औँलाहरू गन्थ्यो
कल्पनाको सेतो घोडा चेढेर
पुग्थ्यो युमा थेबाका गाउँ।

सुभाहाङले एकदिन
सेक्मुरी मुर्झाएको देख्यो
अनायस खस्यो
दुःखको ठूलो पहाड उसको काँधमा
अनि हिँड्यो मुगलान
त्यही भारी बोकेर
सपनामा पनि नदेखेको
त्यो सपनाको गाउँ
सपनाको बगैंचाहरू
साट्न हिँड्यो ऊ
त्यो दुःखको पहाड।

भासियो ऊ
वन तरुलजस्तो क्षितिजपारि
त्यो बिरानो मुगलान
सपनाको फूल टिप्न
सजाउन उसको भत्केको घर
सुखले श्रृंगार्न
उसका आँगन र घुर्यानबारी।

उसले गाउँ छाडेपछि
घामले उसलाई देखेन
निराश जूनले चियाएर जान्थ्यो
हरेक साँझ त्यो बार्दली
बारीमा फूलेका आरु र पयुँका फूलहरू
नपाएर उसको प्रेममय स्पर्श 
त्यसै-त्यसै मृत्युवरण गर्थे
बलेसीहरू रोइरहन्थे उसलाई पर्खेर
डाँडाको बरको बुढो रुख
लाग्थ्यो उसैको पर्खाइमा
एक्लो बाँचिरहेको छ।

समय हिँडिरह्यो
त्यही गतिमा सालहरू फेरिरहे
घाम बदलियो, ताराहरू बदलिए
मानिसहरू बदलिएर
सेक्मुरीहरू ओइलिए गए
आरु र पयुँका रुखहरू
बुढो भएर ढले
चौँतारीहरूले कुरेनन् उसलाई।

सुभाहाङ फर्कियो घर
झोलाभरि सपनाको फूल
अंगालोभरि खुसी बोकेर
घरले चिनेन उसलाई
किनकि घर, घरजस्तो थिएन
उसको दुःखमा रुने बलेसी
खण्डहर भएका थिए
सेक्मुरी फुल्ने आँगनहरू
वनमाराले ढाकिएका थिए
बारीमा खोज्यो उसले
आरु र पयुँका रुखहरू
कतै भेटेन तिनका डोबहरू।

उसले घाम हेर्यो देखेन
जूनलाई पर्खियो
आएन जून बार्दलीमा
देखेन उसले पदामलुङ डाँडा
सेहोनाम्लाङमा खोज्यो
नाचिरहने बुकी फूलहरू
तर उसले भेटेन
धमिलो देख्यो उसले
नाम्सामीले छोडेका आदिम निशानहरू
क्षितिजमा फक्ताङलुङ
निराश र उदास देख्यो
तमोर काबेलीहरू
रोइरहेको देख्यो
घामले बास बस्ने ती बस्तीहरू
उराठ र बिरानो देख्यो।

उसले देखेन कतै
खुसीका फूल सजाउने ठाउँ
भेटेन उसले कतै
सुख बिसाउने चौतारीहरू
उसले कसैलाई देखेन
मन भुलाउने दौँतरी
विचरा सुभाहाङ!
आफ्नै आँगनमा
यति बिरानो भयो कि
आफ्नो पुकार सुन्ने
आफ्नो भगवान पाएन।

शब्दार्थ
पोरोक्मी यम्फामीमाङ: पृथ्वीको सृष्टिकर्ता
इक्सादिन खाम्बेक: धर्ती/पृथ्वी
फक्ताङलुङ: कुम्भकर्ण हिमाल
सेसेलुङ: कन्चनजंघा हिमाल
पदामलुङ: पाँचथर जिल्लामा अवस्थित पवित्र स्थान
सेहोनाम्लाङ : पाँचथर जिल्लामा अवस्थित पवित्र देउराली डाँडा
युमा थेबा: लिम्बु जातिको मूल देवी देउता।
सेक्मुरी: जीवन फूल
नामसामी: केसामी नामसामी मुन्धुमको एक पात्र।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १३:४५
सिफारिस
बैंकहरूमा थुप्रिएको छ ९ खर्ब, के यो पैसाले क्षति भएको सरकारी सम्पत्ति बनाउन मिल्छ?
बैंकहरूमा थुप्रिएको छ ९ खर्ब, के यो पैसाले क्षति भएको सरकारी सम्पत्ति बनाउन मिल्छ?
पूर्वमन्त्री रघुजी पन्त मात्र बेघर भएनन्, दुई भाइको परिवार पनि सडकमा आए
पूर्वमन्त्री रघुजी पन्त मात्र बेघर भएनन्, दुई भाइको परिवार पनि सडकमा आए
सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?
सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?
त्यस दिन नेताहरू भाग्दै छन् भन्ने हल्लाले त्रिभुवन विमानस्थलमा मच्चिएको आतंक
त्यस दिन नेताहरू भाग्दै छन् भन्ने हल्लाले त्रिभुवन विमानस्थलमा मच्चिएको आतंक
भदौ सकिन लाग्दा सक्रिय भयो मनसुन, अब कहिलेसम्म परिरहन्छ पानी?
भदौ सकिन लाग्दा सक्रिय भयो मनसुन, अब कहिलेसम्म परिरहन्छ पानी?
जेन–जी प्रदर्शनमा मारिएकाहरूको शव यात्रा, राष्ट्रिय सम्मानका साथ गरियो अन्त्येष्टि (तस्बिरहरू)
जेन–जी प्रदर्शनमा मारिएकाहरूको शव यात्रा, राष्ट्रिय सम्मानका साथ गरियो अन्त्येष्टि (तस्बिरहरू)
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
निर्वाचनबाट पिठ्युँ नफर्काऊ सम्पादकीय
सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय

ब्लग

साजना तामाङ कुँवर
छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा! साजना तामाङ कुँवर
डा. बसन्त राज अधिकारी
ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा! डा. बसन्त राज अधिकारी
अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'

साहित्यपाटी

अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल
वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP