केटो र केटीको अगाध प्रेम
केटो अस्ट्रेलिया, केटी लण्डनमा
केटो जागिरे, केटी विद्यार्थी।
केटो छुट्टीमा आएपछि केटीलाई
चार लाख पैसा पठाउने आग्रह गर्यो लण्डन
गरिदिएँ मैले काम, ऊ मेरो प्यारो बन्यो
कहिलेकाँही आउँदा खाने कोशेली लिएर आउने
सुनायो प्रेम कथा, लग्यो उसको घरमा
चिनायो परिवारलाई, ‘मेनेजर साहब’ भन्यो।
केटो पुनः काममा गयो अष्ट्रेलिया
मलाई फोन गरिरहने,अब आउने ऊ अमृतसर
केटी पनि आउने र विवाह सम्पन्न हुने।
आए दुवै , म सँग भेट पनि गरायो
विवाहको दिन पनि तय भयो
राम्री केटी, घर दुवैको लगभग पाँच कोस दूरीमा
रकम छ खातामा र पनि नपुग्ला कि भनेर
उसले केही ऋणको आग्रह गर्यो, ‘हुन्छ’ भनेँ मैले।
दैवको मार केटो मोटरसाइकलबाट लड्यो
घाइते भयो, टाउकोमा खाल्डो पर्यो
होस हरायो केही दिन,फिलाको मासु लगाए पनि
खाल्डो भरिएन टाउकाको, देख्दै नचिन्ने भयो
लगभग दुई महिनापछि ऊ ठिक भयो
म हेर्न गएँ, रोयो ऊ धुरु धुरू, शान्तवाना दिएँ मैले।
उसको कुरा सुनेर म जिरिङ्ग भएँ
भन्यो, केटी पक्षले विवाह रद्द गरे
केटी कुरै गर्दिनँ, केहि योगसूत्र छैन्र?
उसले पुनः भन्यो, मेनेजर साहब उसले बिहे नगरोस्
तर मैले उनको पढाईमा गरेको आठ लाखमा
आधा त फिर्ता गरोस्, मलाई गएर भनिदिने आग्रह गर्यो ।
मैले प्रभू पुकारेँ, एकछिन अत्तालिएँ ,हुन्छ भने
भोलिपल्ट मेरो एउटा शाखाकै मित्र अत्रीलाई लिएँ
सुरो म सानैदेखि,नडराउने सत्य कर्ममा।
गएँ केटीको घरमा।
केटीपक्ष संस्कारी रहेनछन्, केटीलाई भेट्ने आग्रह गरौं
आइनन् उनी, बाबु- आमा, काका-काकीले त
केटोले पैसा खर्च गरेको हामीलाई थाहा नै छैन भने
मैले तथानाम फलाँकेँ किन कि, म साक्षी थिएँ,
हामी फर्केर आयौँ, राति निद्रा लागेन, प्रभू मिथ्या ठानेँ ।
निको भएपछि केटो म सँग आएर रूने गर्थ्यो ।
फेरि अष्ट्रेलिया गएर काम गर्ने विचार
एकदिन बिदा लिएर ‘सर म भोलि जाँदैछु अष्ट्रेलिया
आशीर्वाद दिनू’ भन्दै आयो,‘आयुष्मान भवः’ भनेँ।
के अचम्ब दुई दिन पछि केटो टुप्लुक्क अफिसमा!
म छक्क परेँ,उसले भन्यो, ‘सर टाउको खाल्डो भएको
हुनाले एयरपोर्टमा पासपोर्टको फोटो मिलान भएन’
तँ यो मान्छे हुँदै होईनस् पो भन्यो रे।
भाग्य, प्रेम ,लक्ष्मी र मानवताले लछेरिएको
मान्छेको दुःख यो के देख्नुपर्यो परदेशमा हाई!
के नाम दिनू त्यो झुठो प्रेमलाई?
मन मनै ठानेँ
‘ब्रह्म सत्य है, जगत मिथ्या’