प्रजातन्त्र भनेको,
जनताको लागि जनताद्वारा गरिने शासन हो,
तर यहाँ,
छलकपट नै असल शासन हुन्छ अरे
विचार सुस्ताएपछि,
बारूदी धुवाँमा विवेक संगिन बन्छ अरे।
शक्ति उन्मादमा,
बगरेले पनि महावाणी ओकल्छ अरे।
स्वशासनमा सिंहसानको मोह,
अझ अघि बढ्छ अरे।
प्रजातन्त्रमा,
मनोतन्त्र खुबै उत्कृष्ट लाग्छ अरे।
अस्मिताको कडा कानुन बन्छ अरे
उल्टै अस्मिता अझै लुटिन्छ अरे।
समानतामा वर्गीय भेद खुल्छ अरे,
जेहेन्दार गरिब,
प्रतिस्पर्धी नहुँदै पछारिन्छन् अरे।
यहाँ त इमान्दारिता पिजन होलमा राखिन्छ अरे
मानको खातिर भुक्तमान अझै पाइन्छ अरे।
नदीनाला परदेसिँदा, घर सम्झिएर रून्छ अरे
अभिभावकत्व गुमाउँदा, सीमा बेवारिसे बन्छे अरे
सधैँ खबरदार गरिने साम्राज्यवाद,
आज अरू परिष्कृत लाग्छ अरे।
जनता भोकै बस्नु पर्दा यहाँ,
राहत, फूड बैंक कै शोकेशमा रहन्छ अरे।