कविता
जवाफ पक्कै पाउनेछौ
सिंहदरबार!
तिमीसित पद छ,
पावर छ,
पैसा छ,
तर तिमीसित डर छैन,
तिमीसित माया छैन,
अझ भनूँ,
तिमी सित विवेक छैन 
कता कता तिमीभित्र
संकोच छ
कता कता तिमीभित्र 
त्रास छ 
पद लोलोप्त मानसिकताले 
लाग्छ,
तिमी पासविकतामा परिवर्तन भइसकेका त छैनौ?
न तिमीले न्याय दिन सकेऊ,
न तिमीले अन्याय मेटायौ,
मुखमा राम रामको मकुन्डो लगाई 
रावणको खेल चरितार्थ गरेऊ 
हो, रावणासँग त
दश मुखमात्र थियो 
तर तिमी त 
छिन छिनमा मुख बदली रहन्छौ 
कसरी विश्वास गरुँ?
यति राम्रो दरबारभित्र पनि 
कुरुप खेल खेलिन्छ भनेर 
तानाशाहहरु जब ढल्छन्
अनि खुट्टामा जुत्ता लगाउने 
बोल्दा थपडी बजाउने 
खोजेर पनि 
पाउन सक्दैनौ,
किनकि जब पदबाट बिदा हुनछौ 
धारातलामा तिमी पक्कै फर्कनु पर्छ
जीवनको यथार्थता बुझ्नै पर्छ 
यसैले,
घमन्ड नगर सिंहदरबार!
मनन गर,
बुझ र हेर 
जीवन के हो?
पद के हो?
पैसा के हो?
अनि
सबैले पुज्दै आएको 
प्रतिष्ठा के हो?
बन्द आँखाले सोच 
शून्य भावले गुन 
के गर्दैछौ? 
के गनु पर्ने हो?
जवाफ पक्कै पाउनेछौ
सिंहदरबार।