Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, जेठ २५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बुहारी

रेशा भट्टराई

रेशा भट्टराई

‘अनि नानीको घर कहाँ नि?’

छोरा विवेक र उसकी साथी संगीतालाई दिउँसोको खाजा खाना दिने क्रममा रमाले संगीताको घर ठेगाना सोधिन्।

‘वर पिपल गा.वि.स वडा न ७ धादिङ’,संगीताले मुस्कुराउँदै उत्तर दिइन्।

विगत पाँच सात महिनादेखि संगीता र विवेक एक अर्कासँग नजिक भएका थिए। संगीता बेलाबेलामा विवेकसँग उसको घरमा पनि आइरहन्थिन्।

‘ममी संगीता र म क्बाइन स्टडीको लागि साथीकोमा जान्छौं। साँझ घरमा आउन अलिक अबेर हुनसक्छ।’

संगीतालाई अघि लगाउँदै विवेक घरबाट बाहिर निस्कियो।

‘आ… दुई चार दिन रमाइलो गरोस्। छोरै हो इज्जत उसको जाने होइन क्यारे केटीको नै हो ‍इज्जत जाने। आखिर न विवेकले उसलाई श्रीमती बनाउने हो न मैले बुहारी। कहीँ ‍नपाएर न जात, न कुलकी’ रमा भुतभुताउँदै भान्सातिर लागिन्।

आफू महिला भएता पनि महिलाप्रतिको सकारात्मक भाव उनी हुर्केको समाजले उनीप्रति भर्न सकेको थिएन।

रमा र विवेक एउटै कलेज अनि एउटै क्लासमा पढ्ने एक अर्काका नजिकका  साथी। भविष्यमा जीवनसाथी बन्ने कुरामा ढुक्क। विवेक काठमाडौंमा जन्मे हुर्केको। रमा गाउँबाट पढ्न काठमाडौं आएकी।

 एक दुई दिन गर्दै जाँदा ब्याचलर लेभल सकिएको पत्तै भएन। विवेक मास्टर पढ्न विदेश जान चाहन्थ्यो। संगीता आफ्नो आर्थिक अवस्थाको कारणले  नेपालमै पढ्न चाहन्थिन् तर विवेक विदेश पढ्न जानेकुरामा ऊ खुसी नै थिई।

विदेश जाने दिन नजिकै गर्दा संगीताले विवेकलाई बिहे गरेरमात्र विदेश जानुपर्ने अवस्था आएको जरूरी कुरा सुनाई।

विवेक छाँगाबाट झरेको जस्तो भयो। बिहे विदेशबाट फर्केर आएरमात्र गर्न सम्भव भएकोले गर्भपतनको लागि संगीतालाई कर गर्यो तर संगीता उसको कुरामा राजी भइन।

धुमधामले बिहे गर्न अनुकूल नभए पनि ‘कोर्ट म्यारिज’ गरेरमात्र विदेश जान उसलाई अनुरोध गरी। संगीताले जति कर गरे पनि विवेकको कानमा बतास लागेन तर उसले हिम्मत हारिन।

सबै कुरा विवेकको आमासँग भन्ने निर्णय गरी।

 शनिबारको दिन बिहानै संगीता विवेकको घरमा गई। रमा एक्लै फूलबारीमा काम गर्दै थिईन्।

आफ्ना कुरा भन्न एकान्त खोजेकी संगीता रमा भएकै ठाउँमा गई।

उनीहरूको सम्बन्धको बारेमा रमा पनि मन्जुर छन् भन्ने कुरामा संगीता ढुक्क थिई किनभने ऊ विवेकको घरमा आउँदा/जाँदा रमाले राम्रो व्यवहार गरेकाले ऊ त्यस घरको बुहारी बन्ने कुरामा विश्वस्त थिई।

 संगीताले विवेकको आमालाई सबै कुरा बेलिविस्तार लगाई।

रमाले पानि चहार्दै गरेको हजारी भुइँमा पछार्दै एक्कासि कराइन्।

‘थुक्क छाडा केटी। तँलाई लाज लाग्दैन कस्को पाप बोकेर मेरो छोरालाई फसाउन आइस्। त्यो पनि छोरा विदेश जाने दिन नजिकिँदै गर्दा। तँ यति चरित्रहीन भन्ने थाहा भएको भए मैले तँलाई हाम्रो घरमा पाइलो टेक्न दिन्न थिएँ। छोराको असल साथीको रूपमा हेरेको त यसले हाम्रो टाउकोमा टेक्न खोज्दी रै’छ। न जातभात मिल्छ न आर्थिक हैसियत न कुलघरान यस्ता दुई कौडीका केटीले पनि हाम्रो घरको बुहारी बन्ने सपना देख्ने!उतैतिर आत्महत्या नगरेर किन मुख देखाउन आइस्। लाजसरम इज्जत नभएकी पागल केटी’

रमा करेसा बारीमा एक्कासि कराउन थालेपछि कौसीमा गफ गर्दै बसेका विवेका बाउछोरा पनि तल झरे। त्यतिन्जेल वरपरका छरछिमेक पनि जम्मा भैसकेका थिए। रमाका कुरालाई सपोर्ट गर्दै विवेकका बावुछोरा एवम् छरछिमेक पनि कराउन थाले।

-यो केटी नै खत्तम हो।

-यो चरित्रहीन हो।

-धन देखेर लोभिई।

 -पैसा चाहेर आई।

-गर्भको ठेगान नभएपछि मलाई फसाउन आई।

-एक्लो छोरो देखेर विवेकलाई आँखा लगाई।

भीडबाट यस्ता कुराहरू एकएक गर्दै निस्कँदै आए।

‘सक्छेस् भने विष किनेर खा सक्दिनस् भने कतै गएर एवोर्सन गरा।’ रमाले पाँच वटा हजारको नोट निकालेर संगीताको अगाडि फ्याँकिदिइन्।

विवेकको पनि साथ नपाएपछि संगीताको पैतालामुनिको धराताल भासियो। रिंगटा लागेर चारैतिर अँध्यारो भएर भुइँमा थचक्क बसी। पाँचतिर फिजारिएका नोटहरू जम्मा पारी।

रमाको मुखमा फालेर चिच्याई-‘न म गर्भपतन गर्छु न आत्महत्या।’

  संगीता सरासर बाहिर निस्किई। ऊ सँगसँगै भीड पनि लाखापाखा लागे। कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो। विवेकको परिवार पनि कौसीतिर उक्लिए।

एक हप्तापछि विवेक विदेश उड्‍यो।

 एक दिन, दुई दिनभन्दा भन्दै तीन वर्ष बित्यो तर विवेक एकपटक पनि नेपाल आएन जबकि दुई वर्षको मास्टर डिग्रीको कोर्ष सकेर नेपाल फर्कने भनेर ऊ विदेश गएको थियो।

रमालाई छोराको माया लागे पनि संगीता टाँसो लाग्न आउने डरले विवेकलाई बोलाउन सकेकी थिइनन्।

विवेकका बाबा दिन प्रतिदिन बिरामी पर्दै गइरहएका थिए तर पनि विवेकलाई नेपाल आउन कर गरेकी थिइनन्।

एक दिन रमाले विवेकलाई फोन गरेर भनिन् ‘बाबु तेरो बाबा बेलाबेला बिरामी परी रहनु हुन्छ। बुहारीको मुख नदेखेर मर्ने भए भनेर पीर गर्नु हुन्छ। मैले यतातिर केटी हेरको छु। तिमी एकपटक नेपाल आएर बिहे गरेर जाऊ। तिमीलाई विदेशै मनपर्छ भने म नेपाल बस्न कर गर्दिनँ।’

‘ममी पनि… आजकालको जमाना पनि आमाबाले हेरेको केटी बिहे गर्छन् कसैले। आफूसँग बिहे गर्ने साथी आफैंले खोज्ने हो। मेरो यतै केटी साथी छ।’

‘जात के हो नि ?’

 ‘विदेशीको पनि केको जात,’ रमाले केही बोल्न सकिन।फोन काटिदिइन्।

एक हप्तापछि विवेकको बाबाले संसार छोडे। रमाले ‍दु:खद खबर मन सम्हालेर छोरालाई सुनाइन्।

बावु तिम्रो बाबालाई जति कोशिस गर्दा पनि बचाउन सकिएन। तिमी बाबाको अन्तिम कर्मको लागि तुरून्त नेपाल आउनुपर्ने भयो।

‘ममी म बाबाको किरिया गर्न आउन सक्दिनँ किनकि उनी सुत्केरी हुने दिन नजिकै आउँदै छ।’

‘बिहे नगरिकनै… के भनेको?’

‘ह्या… ममी विदेशतिर बच्चा जन्माइसकेर पछि बिहे गरे पनि हुन्छ।’

रमालाई आलो घाउमा नुन चुक छर्के जत्तिकै भो।

बाहुन राखेर किरिया गरे। छोरा हुनु र नहुनुमा कुनै अन्तर भएन। १३ दिनपछि सबै जना आफन्तहरू लाखापाखा लागे।

रमा एक्लो भइन्। रोगले र शोकले बुढेसकालको शरीर झन् झन् गाल्दै गएको महशुस भयो।

‘बावु बरू विदेशी बुहारी भए पनि ठिक्कै छ। बुहारी लिएर नेपाल आइज। म पनि दिनदिनै अशक्त हुँदै गइरहेको छु। बिरामी हुँदा ‍औषधि दिने मानिस पनि भएन,’ धेरै गाह्रो हुन थालेपछि रमाले छोरालाई बिन्ती गरिन्।

‘ममी हजुरलाई गाह्रो हुन्छ भने वृद्धाश्रम गएर बस्नुस्। म आफ्नो परिवार छोडेर कसरी नेपाल आउने? उनीहरूलाई नेपाल लिएर आउन पनि गाह्रो छ। विदेशी केटीहरू नेपालमा गृहस्थी गरेर बस्न सक्दैनन् फेरि म यतै राम्रो सेटल भैसकेको छु,’विवेक आफू नेपाल आउन नसक्ने कुरा कारणसहित ममीलाई भन्यो।

‘यतिका सम्पत्ति, घरजग्गा, सन्तान भएको मान्छे पनि वृद्धाश्रम गएर बस्ने? रमाले साह्रै चित्त दुखाउँदै फोन काटिइन्।

 त्यो दिनरातभरि रोइन् रमा। उनलाई बाँच्नै मन लागेन। संगीताको श्राप लागेको जस्तो महशुस भयो। विवेकले संगीतालाई धोका दिएजस्तै त्यो विदेशी केटीले विवेकलाई धोका दिन्छे जस्तो लाग्यो। विवेकको वचनले रमालाई साह्रै पीर पर्यो। रुँदारुँदा कति बेला उज्यालो भएछ। उनले थाहा नै पाइनन्। जिन्दगी बोझ लाग्न थाल्यो रमालाई।

 त्रिशूलीमा हेलिएर मर्ने निर्णय गरेर रमा घरबाट निस्केर त्रिशूलीको तिरैतिर लागिन्।

एक घन्टाजति लगातार त्रिशूलीको तिरैतिर हिँडेपछि रमा एक्कासि टक्क अडिएर उत्तरतर्फ मोडिइन्। आफ्नो अगाडि हिँड्दै गरेको बटुवालाई बोलाउँदै सोधिन्।

‘ए भाइ धादिङको वरपिपल गा वि स वडा न ९ कता पर्छ। बुहारी लिन जानुपर्ने।’
 

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  ११:२४
सिफारिस
जडिबुटी-पेप्सीकोला सडक छेउका अनधिकृत संरचना हटाउन थाले स्थानीय आफैले (तस्बिरहरू)
जडिबुटी-पेप्सीकोला सडक छेउका अनधिकृत संरचना हटाउन थाले स्थानीय आफैले (तस्बिरहरू)
सहमति नजुटेपछि संसदमा प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने सत्तापक्षको तयारी
सहमति नजुटेपछि संसदमा प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने सत्तापक्षको तयारी
'लाखौं खर्चिएर घरघडेरी किनियो, सम्पत्तिका रूपमा प्रयोग गर्न भने पाइएन'
'लाखौं खर्चिएर घरघडेरी किनियो, सम्पत्तिका रूपमा प्रयोग गर्न भने पाइएन'
उद्योग–व्यवसायमा नाइजेरियाबाट के सिक्ने नेपालले?
उद्योग–व्यवसायमा नाइजेरियाबाट के सिक्ने नेपालले?
पुराना जिन्स र लुगाबाट नयाँ सामान बनाउने 'स्टार डिजाइनर'
पुराना जिन्स र लुगाबाट नयाँ सामान बनाउने 'स्टार डिजाइनर'
एमालेनिकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट
एमालेनिकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट
प्रतिनिधिसभाको बैठक आज बस्ने, यी हुन् कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्ने, यी हुन् कार्यसूची
अमेरिकी डलरको मूल्यको स्थिर, अन्य मुद्राको विनिमयदर कति?
अमेरिकी डलरको मूल्यको स्थिर, अन्य मुद्राको विनिमयदर कति?
चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा
चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

कुर्सीका लागि बुवा-आमा लडे, छोरा-छोरीले देश छाड्दै छन्!
किन निलो भित्तासँग फोटो खिच्न आशक्ति?
एक थप्पड हान्दा छोरीको निवेदन- बाबाको डिएनए टेष्ट गरी पाऊँ!
बिहेअघि चिना हैन, स्वास्थ्य जाँच गरौं!
यो घामले त के पोल्छ र जति तिम्रो मायाले पोल्छ!
प्रेमी-प्रेमिका पनि पूर्व हुन्छन् र?

विचार

सुशील बहादुर कार्की
अदालतले मात्र कहिलेसम्म धान्ने लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारका मुद्दा? सुशील बहादुर कार्की
गोकर्णप्रसाद उपाध्याय
एउटा विश्वास थियो– हामी पुग्नेछौं! गोकर्णप्रसाद उपाध्याय
नारायण श्रेष्ठ
कम शब्दमा लामो कथा भन्ने विश्वप्रसिद्ध लेखक नारायण श्रेष्ठ
जगतप्रसाद रिजाल
स्थानीय सरकारको काँधमा विद्यालय शिक्षाको भविष्य जगतप्रसाद रिजाल

ब्लग

अच्युत शाली घिमिरे
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू! अच्युत शाली घिमिरे
अमर अधिकारी
छातासँगको नाता! अमर अधिकारी
अनुज घिमिरे
'बिग डे' मा बिहान २ बजे नै उठेर हिँड्दा जे देखियो अनुज घिमिरे
बालकराम देबकोटा
दैनिकरको भेल र सुनारखोलाको पहिरो तर्दा बालकराम देबकोटा

साहित्यपाटी

सरोज भट्टराई
कुर्सीका लागि बुवा-आमा लडे, छोरा-छोरीले देश छाड्दै छन्! सरोज भट्टराई
अविनाश आले
किन निलो भित्तासँग फोटो खिच्न आशक्ति? अविनाश आले
विदुर दाहाल
एक थप्पड हान्दा छोरीको निवेदन- बाबाको डिएनए टेष्ट गरी पाऊँ! विदुर दाहाल
मन्दिरा घिमिरे
बिहेअघि चिना हैन, स्वास्थ्य जाँच गरौं! मन्दिरा घिमिरे

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल
भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली
बिदुर दाहाल
त्रिवि सेवा आयोगलाई एक कर्मचारीको निवेदन- फेल हुन पाऊँ! बिदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP