Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, असोज ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

सफर...

पदमराज अवस्थी

पदमराज अवस्थी

पुस ६

माघ १५ पछि वसन्त पञ्चमीले बोलाउने
न्यानो वसन्तमा
उभौलको साइत पारेर खुल्ला आकाशमा
स्वच्छन्द पखेटा फिजाउदै
टालाटुली खेलेको भूगोलमा फर्किने पंक्षी जस्तै
फर्कन मन छ मलाई तिम्रो जन्मथलोमा
तर, सखी म कहिल्यै उड्न सकिनँ।

सिमराको आकासमाथि श्री एयरको जेट जस्तै
रफ्तारमा तिमी कर्मशील यात्रामा उडी रहँदा
मलाई नि रहर नभएको कहाँ हो र तिमीसँग उड्ने
तिमीसँग जहाजको पछिल्लो सिटमा बसेर
अनन्त हिमशैलसम्म आँखा पुर्याउदै
रहरलाग्दी एयर होस्टेजले दिएको पिनट र कोक
मुखमा राख्दै, तिमीसँगै कर्मशील यात्रामा निस्किने,
तर सखी, म कहिल्यै उड्न सकिनँ।

तिमी कर्ममा लिप्त भएर साधनामा
रमाउने मान्छे
नुनको सोझो गर्दा तिमी पुग्यौ कहिले
पूर्व त कहिले पश्चिम
जादैछौ फेरि मधेसको सिमान्त रेखामा
कर्मका पाइलाहरु लम्काउन
सक्नेछौ तिमीले हरेक चुनौतिलाई
आँखै अगाडि लम्प्सार पारेर देखाउन
किन्तु, मलाई एउटै कुराले सताउदैछ
कसरी सहन सकौली तिम्रा गुलाबी गालामा

शितका थोपाले शितलहर जमाएको
कसरी सहन सकौली तिम्रा मुलायम हातहरुमा
सालघारी छिचोल्ने सिरेटोले नमिठो स्पर्श गरेको
र, कसरी सहन सकौली तिम्रो सुरम्य केशमा
ट्युबेलको जलले बिहानै कलकल गरी नुहाएको,
सखी, सक्ने भए त सिमलको भुवा बनिदिन्थेँ
उडिदिन्थेँ भित्री मधेस हुँदै तलको मधेससम्म
सुटुक्क पसिदिन्थेँ तिम्रो सयन कोठामा र,
पारिदिन्थेँ न्यानो माहौल सिमलको भुवा गासेर,
तर सखी, म किहल्यै उड्न सकिनँ।

रुसको समिपबाट चल्ला हुर्काउन
कोशी टप्पु र अरुण उपत्याकामा डेरा खोज्न
बिना भिषा फ्री टिकट उडेर आउने
क्यारेबियन चरी जस्तै
मलाई पनि उडि आउन मन छ तिम्रो मधेशमा
अग्रगामी भविष्यका प्रगतिशील सपनाका
र, उन्नत भविष्यका समुन्नत योजनाका
होनहार बचेराहरु हुर्काउन
तर सखी, म कहिल्यै उड्न सकिनँ।

रातभरिको झरिले हिउँ वर्षात गरी
सेताम्य हुलिया बोकेका पहाडहरुमा
घामको कमलो लाली पर्दा छाउदा
पहाड छोडि उड्ने निख्खर सेतो कुहिरो झैँ
म पनि उडेर आइदिउँ लाग्छ तिम्रो सामास्रज्यमा
सारा मनरुपी रुपसी दरबार छोडेर
ढाकि दिउँ लाग्छ अरु सारा अप्ठ्याराका पहाडहरु
र बनिदिउँ लाग्छ दुखको सहारा
तर सखी, म कहिल्यै उड्न सकिनँ।

तिम्रो घर तलको खेतमा शालिधानले
लहलहाउदै शरदचन्द्रको शित पातमा टल्काउदै
दसैँको झल्को र झझल्को दिदै गर्दा
जसरी एक दावली बालक जम्मा भएर
आकाशमा चंगा उडाउदै उमंग मनाउछन्
ठिक त्यसैगरी, तिमीले विजयको सिम्रिक
हावामा उडाउदा
म पनि उडिदिउँ सिम्रिकसँगै र नाचि दिउँ
तिम्रो विजयको लयमा लाग्दछ,
लाग्दछ हावासंगै गुनगुनाउ मपनि आकाशमा
तिम्रो विजय र शालिनताको गीत
तर, सखी म किहल्यै उड्न सकिनँ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १८:०१
सिफारिस
५८ घन्टापछि यसरी खुल्यो नारायणघाट–मुग्लिन सडक, हेर्नुहोस् भिडिओमा
५८ घन्टापछि यसरी खुल्यो नारायणघाट–मुग्लिन सडक, हेर्नुहोस् भिडिओमा
भदौ २४ को रात जंगी अड्डामा जेनजी युवाहरूले प्रधान सेनापतिलाई दिएको सन्देश
भदौ २४ को रात जंगी अड्डामा जेनजी युवाहरूले प्रधान सेनापतिलाई दिएको सन्देश
पाँच आधारमा जनार्दनको निष्कर्ष- माओवादी केन्द्र विघटितजस्तै छ (पूर्णपाठ)
पाँच आधारमा जनार्दनको निष्कर्ष- माओवादी केन्द्र विघटितजस्तै छ (पूर्णपाठ)
देशलाई संकटतर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ, निर्वाचनको पक्षमा उभिऊँः प्रचण्ड
देशलाई संकटतर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ, निर्वाचनको पक्षमा उभिऊँः प्रचण्ड
जनार्दनले फरक मत राख्दै भने - प्रचण्डसहित पदाधिकारी महाधिवेशनमा सामेल नहोऔं
जनार्दनले फरक मत राख्दै भने - प्रचण्डसहित पदाधिकारी महाधिवेशनमा सामेल नहोऔं
विशेष महाधिवेशनबारे प्रचण्डले अघि सारेका ७ प्रस्ताव
विशेष महाधिवेशनबारे प्रचण्डले अघि सारेका ७ प्रस्ताव
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
संकटग्रस्त टेलिकम कम्पनीहरू धराशायी पारेर मुलुकलाई के फाइदा? अमित ढकाल
डा. मुकेशराज काफ्ले
कोशी उच्च बाँधको डिजाइन परिवर्तनले पानीजहाजको सपनामा धक्का! डा. मुकेशराज काफ्ले
सन्तोष रिमाल
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं! सन्तोष रिमाल
डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित

ब्लग

पूजा ढुंगाना
मोटाउन नपाइने हो? पूजा ढुंगाना
विष्णु थापा
दसैंको आगमन र यात्राको अनिश्चितता विष्णु थापा
दीपिका श्रेष्ठ
चम्किलो पर्दा पार: एक विद्यार्थीको सिक्ने सफर! दीपिका श्रेष्ठ
अमृत बेल्बासे
मोबाइलको मायाजाल! अमृत बेल्बासे

साहित्यपाटी

पूर्ण ओली
मनको बार! पूर्ण ओली
ढाकामोहन बराल
बर्बरिकको खोजी! ढाकामोहन बराल
केशव राज शर्मा
दसैँ आयो खुसी आएन! केशव राज शर्मा
भारती न्यौपाने 
सत्यको आलोकमा जुनकिरी भारती न्यौपाने 

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP