Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, माघ ६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बहकिएको मन

Nmb
Nmb
तिलकराज चुँदाली

तिलकराज चुँदाली

gibl
gibl
gibl
gibl
तिलकराज चुँदाली।
तिलकराज चुँदाली।
Tata box 1
Tata box 1

मुन लाइट बारमा म पुगिसकेको थिएँ। 'सरी सर' आज कसरी-कसरी ढिला भयो। रोहितले चेयरमा बस्दै स्पष्टिकरण पेश गर्यो। खासमा उ मेरो विद्यार्थी रहेछ कुनै दिनको, अहिले भने दारु पार्टनर।

करिब पाँच वर्षजति मैले अध्यापन गरेँ। गणित विषय। धेरैको नजरमा गणित रुखो विषय। मैले त्यही बेरसिलो विषयमा यही रोहितको शब्दमा, मिठास थपेँ। सरलता थपेँ। त्यही बेलादेखि नै म उसको मन मष्तिष्कमा बसें रे। म यस पेसामा करिब पाँच वर्ष टिकेँ। त्यसबेलासम्म म अल्कोहोलिक थिइनँ।

म राष्ट्र बैँकको पाँचौँ तहको परीक्षामा सफल भएँ। अहिले म आठौं तहमा छु। यो जागीर सम्मानसँग बढी जोडिएको थियो। राष्ट्र बैँकको जागिरे भएको दुई वर्षपछि मेरो जीवनमा सुबी आई। असल परिवार, शालीन व्यक्तित्व, शिक्षा, रूप सबै हिसाबले सुबी उत्कृष्ट थिई। हाम्रो पहिलो भेट सुबीको घरमा र त्यसपछिका केही भेटहरु रेस्टुरेन्टहरुमा भए।

उसको थोरै बोल्ने तर नम्र शैली, प्रेममय हेराई, अलिकति लाज मिसिएको मुस्कान र तर्कपूर्ण बोलीले मलाई प्रभावित पार्‍यो। उसको लागि म पर्फेक्ट म्यान रे। उसलाई पनि मेरो मधुर बोली, दाह्री र चश्माले खुलाएको मेरो व्यक्तित्व अनि भद्रता आकर्षक लाग्ने रे। देख्दैमा लभिङ एन्ड केयरिङ होलाजस्तो लाग्यो रे। मन मिल्यो। बिहे गर्यौँ।

जीवनका वर्षहरु खुशी नै खुशीले भरिएका थिए। न कुनै पछुतो, न कुनै गुनासो। आपसमा छुट्टिँदाका पलहरु कतिकति लामा लाग्ने। छोटो समयमा म बढुवा भएँ। बढुवापछि एउटा प्रशिक्षणको क्रममा म बुटवल गएँ। फर्किंदा भ्यू हेर्दै जाने उद्देश्यले मैले डिलक्स बसको टिकट लिएँ।

मेरो सिटसँगै करिब २४ वर्षकी युवती थिइन्। चितवन पुग्नैलाग्दा उनले मुख खोलिन्। राम्रो बोल्दिरहिछन्। बिबिए अन्तिम सेमेस्टरमा अध्ययनरत रहिछन्। घर, परिवार, शिक्षा, करियर सबै-सबै कुरामा दोहोर्याई तेहेर्याई कुरा भए। जेहोस् यात्रा छोटो भयो, मिठो भयो।

फेसबुकमा मलाई सर्च गरिन्, रिक्वेस्ट पठाईन्, फोन नम्बर सेभ गरिन्। मैले मागिनँ, अप्ठ्यारो लाग्यो। बस रोकियो, खाना खायौंँ। फेरि रोकियो, खाजा खायौँ। एउटा सेल्फी भनिन्, म तयार भएँ। ती अपरिचित छोटो समयमा वर्षौंदेखिको चिनजान भएको साथीजस्तै लागिन्। छुट्टियौँ।

Laxmi bank
Laxmi bank

कस्तो-कस्तो लाग्यो। सुबीलाई सबैसबै बताएँ। उसमा कुनै इर्ष्या थिएन। चाख मानेर सुनिरही। यो मप्रतिको अटल विश्वास थियो सायद। त्यसबेलासम्म पनि म अल्कोहोलिक थिइनँ।

उसँगको सामिप्यता यत्तिकैमा रोकिएन। बैँकले मलाई 'बेस्ट पर्फमर अफ दि इयर’ बाट सम्मानित गर्यो। सुबी कति खुशी भई। उसले भर्खरै इन्स्योरेन्स कम्पनीमा काम गर्न सुरु गरेर परिवारमा खुशी थपेकी थिई। मेरो सम्मानले उ झनै फुरुङ्ग भई। बधाईकै क्रममा फेसबुकमा बधाईको एउटा म्यासेजले मेरो नजर तान्यो।

Ncell
Ncell

'असल हृदय हुनेहरु यसरी सोपानका खुड्किलाहरु उक्लिएको देख्दा मेरो मन अथाह खुशीले उफ्रियो। बाँकी खुड्किलाहरु पनि सहज बनुन्। सरलाई बधाई एवम् शुभकामना। बसकी सरिना।'

मलाई बुटवल देखि काठमाडौँसम्मको सरिनासँगको विगतको यात्रा फिल्मको दृश्य जस्तै मस्तिष्कमा दोहोरियो। कता-कता रोमाञ्चित बनेँ। फेसबुक पोष्टमा उसले गरेका पुराना कमेन्टहरु खोजी-खोजी पढेँ। आनन्द लाग्यो। यो सबै सुबीलाई भन्न खोजें। खै किन हो, यसपटक म अक्मकिएँ, अल्मलिएँ।

उसँग अरु पनि केही भेटहरु भए। उसको अध्ययन, करियरको दौरानमा उसले गरेको मिहिनेत र संघर्ष मलाई अजीव लाग्थ्यो। समग्रमा उ मेरो नजरमा पर्फेक्ट लेडी बन्दै गई।

बैँकले व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय स्तरको तालिम सञ्चालन गर्दै थियो, धुलिखेल रिसोर्टमा। मैले उसलाई पनि समावेश गरें। मैले आफ्नो अधिकारलाई पहिलोपल्ट दुरुपयोग गरेको थिएँ। नियम कानुनको राजले नै संस्था बन्छ, देश बन्छ भन्ने मेरो आफ्नै आदर्शको अगाडि म बेसरम भई झुकेको थिएँ। मेरो त्यही ढलेको आदर्शमा टेकेर सरिना सायद अग्लिन खोज्दै थिई।

तालिम समापनको दिन थियो। व्यस्तताले गर्दा सरिना त्यहीँ भएपनि कुनै कुरा र भेट हुन सकेको थिएन। तालिम सकियो। सबैजना हलबाट बाहिरिए। सरिना पनि टुप्लुक्क देखापरी। यसै मेरो मुखबाट फुस्कियो। 'यतै कतै केहीछिन बसौं न!'

उसलाई तालिम अति नै महत्वपूर्ण लागेछ रे। उसको आत्मबल ह्वात्तै बढ्यो रे। छोटो प्रस्तुति थियो मेरो पनि। यसको प्रशंसामा पनि उसले थुप्रै शब्द खर्च गरी। अर्डर गरेको कफी पनि आयो। मौनता केहीबेर हामीबीच ठिङ्ग उभियो। अनि हाम्रो कुरा गर्ने पुरानै शैली फर्कियो। यात्रा, बेलाबेलाका भेट, पढाई, करियर, तालिम, कफी अनि परिवार।

'परिवारमा को-को हुनुहुन्छ?' उसको प्रश्न। मेरो बाबा, छोरी, सुबी अनि म। मैले ज्ञानी विद्यार्थीले जस्तो उत्तर फर्काएँ। उसले यो प्रश्न पहिलो पटक भने गरेकी थिइन। मैले पनि प्रश्न गर्दै भने 'किन र?' उसले टड्कारो स्वरमा भनी 'कान्छी बन्न' मैले निल्नै लागेको कफी निल्न सकिनँ। मेरो मष्तिष्कमा उसको त्यो अप्रत्याशित आवाज गुञ्जिरहयो 'कान्छी बन्न', 'कान्छी बन्न।'

उसको शिर झुकेको थियो। उसको अनुहार पढें, यो कुनै मजाक थिएन। उसले लामो लामो श्वास फेरिरहेकी थिई। एक्कासी उसले शिर उठाई। आँखाहरु आँसुले टम्म भरिएका थिए। सायद उसलाई भक्कानो छोडेर रुन मन थियो होला। उ हुरीको गतिमा ढोकातिर लागी। म भन्न चाहन्थेँ 'सरिना भन न, के भो तिमीलाई?' शब्दहरु घाँटीसम्म आए, अनि खै कता बिलाए। म आफैलाई पत्तोसम्म भएन।

घरतर्फ बढिरहेका मेरा आफ्नै पाइलाहरु त्यसै-त्यसै मलाई गरुङ्गो लागे। पूर्णिमाको चन्द्रमाको प्रकाशमा आफ्नो घर अँध्यारो जस्तो लाग्यो। सुबीको अनुहार पनि कताकता रीसले भरिएको जस्तो। छोरीलाई देख्दा उम्लिने मेरो मायाले आज आफ्नो धर्म निभाएन। मलाई के भो आज? सुबी र छोरीमा के थपिन बाँकी हो? मेरा लागि कठिन प्रश्नहरु थिए यी। उत्तर दिने सामथ्र्य कहाँ हुनु ममा।

दिमागलाई करकाप गर्थें। दिमागले मनतिर औंला सोझ्याउँथ्यो। मन खिसिक्क हाँस्यो। मनले रीसले भरिएकी सुबीमा सरिनालाई मिसायो। अनि त सुबी मुस्कुराउँथी। मनले छोरीलाई सरिनाको काखमा बसाल्थ्यो। मेरो मन प्रेमले उम्लिन्थ्यो। मनलाई च्याप्प समातेर सोध्न चाहन्थेँ 'यो सब के हो?' मन मुसुमुसु मुस्कुराउँथ्यो अनि त मबाट विस्तारै टाढा हुन्थ्यो र बिलाउँथ्यो। अब भने म अल्कोहोलिक भएँ।

म अफिसमा आफ्नो कर्तव्य राम्ररी नै गर्थेँ। कहिलेकाहीँ सरिनालाई फोन लगाउँथेँ। उ बोल्थी। बोलीमा भारीपन अनि मैले नचाहेको औपचारिकता। मलाई नजाती लाग्थ्यो। कहिलेकाहीं म्यासेन्जरमा केही लेख्थें। उत्तर आउने दिनहरु कुर्थें। म एक्कासी झस्कें जब उसको फोन स्वीच अफ भइरह्यो र म्यासेन्जर अनि भाइबरमा कुनै प्रश्नका उत्तरहरु आउन छाडे।

म सरिनासँगै रिसोर्टको टेबुलमा कफी गफमा रोकिरहन चाहन्थें। समय कहाँ पो रोकिन्थ्यो र! कुरा बुझ्दा उसले डेरा छोडेको पनि करिब एक महिना भइसकेछ।

भनें नि, रोहित पहिलोचोटि यही बारमा भेटिएको थियो। मेरो अफिसदेखि १० मिनेटको ड्राइभमा रहेको यो बार, बार मात्र थिएन। कफी हाउस, चिया पसल, बार वा ढावा जे भने पनि हुने। धेरैजसो गरि खानेहरुले मन पराएको यस बारमा अर्ग्यानिक गफमा मनै खन्याउनेहरुलाई खुब सुन्न सकिन्थ्यो।

एकान्त खोज्नेलाई एकान्त पनि थियो यहाँ। सायद त्यसैले मैले यो ठाउँ रोजें। करकापमा परेर लगाएको एक-दुई चुस्की बाहेकको मेरो कुनै अनुभव थिएन पिएको। औपचारिक चुस्की मैले यहीवाट सुरु गरेँ।

'नमस्कार सर' संकोच मान्दै उसले यही बारमा टेबुल सेयर गरेको थियो। करिब पाँच मिनेटको लाज मिसिएको संवादपछि संकोच र औपचारिकताको वस्त्र उत्रिएको थियो। अब उ मेरो दारु पार्टनर। उ सबै सबै चाँजो मिलाउँथ्यो, अन्तिममा बिल म तिर्थें।

अचेल उ मलाई सबैभन्दा नजिकको मित्र लाग्थ्यो। आफ्नै घर र अफिस भने बिराना लाग्थे।

पटक-पटक पछि त यो सब सुबीलाई सामान्य लाग्दो हो। मेरो लर्बराउँदो आवाज सुनेर उ ढोका खोल्थी। म भोक छैन भन्थेँ। उसले कर गर्दिनथी। छोरी रुबी सुतिसकेकी हुन्थी। जेनतेन कपडा बदल्दै म छोरीको छेउमा सुत्थेँ। सुबी केही बोल्दिनथी तर मनमा रहेका सयौं प्रश्नहरु उसको आँखामा देखिन्थे।

म यसो झकाउँदै गर्दा सुबी मेरो निधार छाम्थी। हत्केला समाउँथी, पैतालाहरु दबाउँथी। अनि कहिलेकाहीँ त प्रेम र प्रश्न मिसिएको उसको आँसु मेरो गालामा तप्प तप्किन्थ्यो।

म भने उसको यो पवित्र प्रेम र सहनशीलताको अनुभूति मिसिएको आँसुबाट बेहोशीमै पनि तर्सिन्थे अनि टाढा–टाढा भाग्न खोज्थें।

एकदिन मन हलुका होला भन्ने ठानेर यी सबै सबै कुराहरु त्यही बारको कुनामा बसेर मैले रोहितलाई सुनाउन सुरु गरेँ। मेरा कुरा सुन्दै गर्दा उसलाई नमिठो लागेको मलाई महसुस भयो। सायद रीस पनि बढ्यो कि? मेरो अनुमान सही भयो जब मैले सबै कुरा सक्न नपाउँदै उ आवेगमा आयो, जोर जोरसित टेबुल ठटायो अनि जुरुक्क उठ्यो।

गिलासको मदिरा छचल्कियो। सबैले हामीलाई हेरे। उसले घाँटीका नशा फुलाउंदै भन्यो। 'माँ कसम, अब म यो झोल कहिल्लै पिउने छैन।'

यति भन्दै मलाई हेर्न पनि नहेरी उ त्यहाँबाट आँधिको गतिमा बाहिरियो।

मलाई अनौठो लाग्यो। पत्याउन गाह्रो आफ्नै आँखा अगाडिको दृश्य। छोरी समेत भएको एउटा विवाहित पुरुष सामाजिक मर्यादा, पारिवारिक खुशी सबै कुरा बिर्सिएर एउटा अस्वाभाविक सम्बन्धको ट्रेजडी सुनाईरहेछ। सायद यही कुराले रोहितलाई विचलित बनायो वा अरु केहीले मैले बुझ्नै सकिनँ।

उसलाई मात्र किन, कतै मैले आफैलाई पनि राम्रोसँग बुझ्न सकिनँ कि? के म अहिले हिँडेको बाटो ठिक छ? मैले पहिलोपल्ट सोचेँ, म ध्यानी, ज्ञानी र समाजले पत्याएको मान्छे। सुबी स्वयंले पनि केही मेरा अनौठा हर्कतपछि पनि उही पुराना विश्वासहरु पालेर बसेकी छे। अनि म आफ्नै मनको बहकाईमा फसेर यसरी अल्मलिनु हुन्छ?

मेरो मुर्छाएको मनोबल फेरि ब्युँझिएर आयो। रोहित, भन्न त मेरो विद्यार्थी भन्थ्यो, अन्तिममा सही, गहिरो पाठ पढाएर गयो। मलाई म उभिएको धरातल सम्झाएर गयो।

समय धेरै पर पुगिसकेको थियो। साहुजीको इशारापछि केहीबेरमा म पनि बारबाट निस्किएँ। मेरो नशा उत्रिसकेको थियो। टाउको हलुका भएको थियो। मेरो मन अचम्मसँग परिवर्तन भएको थियो।

घर पुगें। सुबीलाई बोलाएँ। लामो अन्तरालपछि सुनिएको मेरो उल्लासमय बोली र ओंठमा खेलेको मुस्कानले सुबी भावुक हुने नै भई। मेरो यो बोली र मुस्कान उसले नदेखेको कति भएको हुँदो हो।

थोरै खाना रहेछ। बाँडेर खायौं। धेरै समयपछि छोरी आज मेरो काखमा बसी। हाम्रा कुराहरु चाखपूर्वक सुनी। म दश दिनको लागि ध्यान गर्न जाने भएँ।

दस दिने ध्यान शिविर सकियो। हलुका पाइलाहरु चाल्दै म घरतर्फ अघि बढेँ। मेरो मस्तिष्कमा फूल नाचिरहेको थियो। अब मेरो जीवनमा नयाँ सुरुआत हुनेछ। नयाँ पनि के भन्नु, पहिलाको जीवन, जसमा खुशीहरु फर्कनेछन्। सायद अरु केही थपिने पनि छन्।

घरको ढोका खुल्छ। म सोफामा बस्छु। केही छिनमा मनतातो पानी मेरो अगाडिको टेबलमा आउँछ। केहीबेरको मौनतापछि सुबी बोल्छिन् 'कस्तो रह्यो?' म मुसुक्क हाँस्छु। छोटो सन्नाटाले हामीलाई जिस्काउँछ।

'म भुलभुलैयाबाट फर्किएँ सुबी।' लामो सास तान्दै म फुसफुसाँउछु। आँखामा आँसु टिलपिलाउँदै सुबी मुस्कुराउँछे। उ कति मायालु छे। कति सुन्दर छ उसको हृदय। छोरी रुबी पनि ५ पुगिसकी। मामुको अनुहारको जून र त्यो सुन्दर हृदय उसैमा पोखिएको छ। छुनुमुनु गर्दै बुनु काखमा लुट्पिुटिन कताबाट आइपुग्छे- 'बाबा।'

मेरो मन बहकिएको थियो। सबैको बहकिन्छ। तर लगाम लगाउन सकिन्छ। १० दिनमा मैले यही सिकेर आएँ। मेरो मर्यादा, सुबी, छोरी रुबी, सफलताका बाँकी रहेका खुड्किलाहरु पूरा गर्ने आँट, सबैसबै फर्किए। सुबी र म बीचको आत्मीयता फर्किएर आयो। हाम्रो बीच अब कुनै पर्खाल रहेन।

थियो त केबल एउटा साझा प्रश्न! समयसँगै बग्दै जाँदा त्यसको जवाफ पनि गोरखापत्रले दियो। यो केही वर्षपछिको कुरा थियो। सरिनाले राष्ट्र बैँककै पाँचौं तहको परीक्षामा सफलता हासिल गरिछ। मैले नलाग्ने सरिनाको फोनमा यत्तिकै नम्बर दबाएँ। कस्तो अचम्म, त्यही फोन लाग्यो। म्यासेन्जर र भाइबरका सबै सबै अनुत्तरित प्रश्नहरुले उत्तर पाए।

सुबीको निमन्त्रणामा परिवारसहित डिनरको लागि सरिना हाम्रोमा आउने भई। दुई वर्षे चुलबुले छोरा लिएर सरिनाको परिवार हाम्रोमा आउँदाको पलहरु खुशी नै खुशीले भरिए। कतिपय संयोगहरु कति मिठा हुन्छन भने सरिनाको जीवनसाथी उही मेरो दारु पार्टनर थियो, जो विदेशमा समेत निर्यात हुने हिमालयन टफी हाउसको सबैभन्दा ठूलो लगानीकर्ता र प्रबन्ध निर्देशक थियो।

मनमनै सोच्छुँ, कति छिटो रोहितको टेबल ठोकाइको त्यो कम्पन कसरी सरिनाको हृदयको समुद्रमा उठेको ज्वारभाटासँग मिहिन तरिकाले मिसिएर यति विशाल अनि शान्त महासागर बनिसकेछ? वा यो मैले सोचेभन्दा पनि पहिला रोपिएको प्रेमको कुनै सानो बिरुवा अहिले झाङ्गिएर यति विशाल वृक्ष बनेको हो ? यो प्रश्नको उत्तर भने मैले कहिल्यै खोज्न चाहिनँ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:०१
सिफारिस
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ
स्वीकृत भयो चार खर्बको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी
स्वीकृत भयो चार खर्बको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी
झलनाथ र वामदेवले चुनाव नलड्ने
झलनाथ र वामदेवले चुनाव नलड्ने
सधैं बाहिर खानुपरेको चिन्ताले जन्मायो 'बिग बुरिटो', के पाइन्छ खास?
सधैं बाहिर खानुपरेको चिन्ताले जन्मायो 'बिग बुरिटो', के पाइन्छ खास?
सञ्चित नोक्सान उच्च हुँदा पनि सेयर मूल्य बढेका २ कम्पनी
सञ्चित नोक्सान उच्च हुँदा पनि सेयर मूल्य बढेका २ कम्पनी
रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?
रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिम्रो सम्झनामा!
चिया पिउन भेटौँ न यार!
चिया कपसँगे भविष्यका गफ!
मैले तिमीलाई जोगाउन सकिनँ!
कुन दिनमा नजाने गाउँको बाटो सोध्न पुगिएछ!
भो नफुट!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
अमेरिका, स्विट्जरल्यान्डलाई नचाहिएको आचार संहिता नेपाललाई किन? रमेश अधिकारी
नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

पवन पाण्डे
मष्टा सामु उभिँदा: कर्म र आस्थाको संवाद! पवन पाण्डे
National life inner
National life inner
विदुर दाहाल
मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई! विदुर दाहाल
सुधन सुवेदी
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी! सुधन सुवेदी
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
जंगलमा हराएको त्यो वन-तरुल... ध्रुवचन्द्र दवाडी 'मनस्वी'

साहित्यपाटी

त्रिलोचन सुवेदी
तिम्रो सम्झनामा! त्रिलोचन सुवेदी
Hardik
Hardik
दिपेन्द्र बिसी दिपु
चिया पिउन भेटौँ न यार! दिपेन्द्र बिसी दिपु
side bar 17- shivam inner
side bar 17- shivam inner
नितेश खत्री
चिया कपसँगे भविष्यका गफ! नितेश खत्री
जगत बोहरा
मैले तिमीलाई जोगाउन सकिनँ! जगत बोहरा

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP