दिन, हफ्ता हुँदै महिना दिन यसै कटिसक्यो
तिमीलाई कुर्दा हजुर नाजुक मुटु सुकिगयो
समुन्द्रपारको हाम्रो बसाइँ आज ब्रह्माण्ड पारको
तर्कनामा सुकेका यी गलाबाट बोली सब दूर भो ।
घिटीघिटी भै वारि तड्पिँदैछु भनि देख्छौ कि ?
ये मेरा वीर, कसै गरी झट्टै घर आउँछौ नि ?
साथै भए कठिन कालका डरत्रास जितौंला
ती मुस्कानका आडमा हर संघार कटाउला ।
हरदिन किरणले परिघ चिहाउँदै दिने उजेली
ताजा शितलवातले म्रिदुश्चुम्ब गर्दै ऊर्जा मन्जरी
एकैक सूक्ष्म स्पर्शमा आहट महशुस गर्छौ कि ?
उग्रचाह कशिशले मैतिर डोहोर्याउँछ कि ?
समुन्द्र उमाल्न सक्ने तिम्रो चाहको राप
न्यास्रोपनमा जमेको यो मन पगाल्न ल्याऊ
मै माथि आकाश खसे नि थाम्ने प्रेमकवच
टड्पिँदो आत्माका भेल छेक्न चढाइदेऊ।
वियोगका चोट चर्किंदै तिमीलाई मात्र पुकार्छन्
अनिश्चितताका भालाले अंग–अंग टुक्राउँछन्
मृत्यु पनि सहज हुन्थ्यो प्यारा तिमीलाई देखे
निर्झर भूमि बौरिन्थ्यो, आफ्नोपनको स्पर्श पाए