अचम्म! भयो।
हैन, कस्तो अचम्म?
साँचि, यो त अचम्म नै हो।
के अचम्म हो, त्यो त भन पैला।
भन्नै पर्ने हो त?
हैन, नभने हुन्छ। गो टु हेल विथ योर अचम्म!
हैन भन्छु ल।
तुम्हारा मर्जी।
भएको के भने…
के, के भने?
यस्तो भयो..
कस्तो भयो??
एउटा बिना देहको चिन्डे छाया बिहानको रातो घामसॅगै कालो भएर पाटनका गल्लीहरुमा बडा हतार हतारमा सल्बलायो।
यु मिन, स्याडो विथआउट बडी?
यस माई ब्वेई। खासमा त्यो एक्लो छाया हराएको हुनुपर्छ। या भनुँ उबाट उसको मालिक हराएको हुनपर्छ। आइदर हि खोगया ओर हि खोग्स हिज मालिक। समथिंग यैसा केही भयो। अचम्म नलाग्ने तर अचम्म।
(पाटनढोकाको गल्लीको मन्दिरमाथिका एक जोड परेवाको बिहान बिहानैको गन्थन)
यस्तो कसरी??
यि यसरी....
नगरकोटी कुमार एकाबिहानै उठ्छ। लौ फसाद्, उसको नित्यकर्मको फेहरिस्त मलाई थाहा नै रहेनछ। हुन पनि किन पर्यो, फकिरहरुको दैनिकी एकनासको हुँदैन पनि। मलाई बाल विथ हिज डेली कर्म। कस्तो मजा खासमा उसको डेली कर्म डेड्ली हुन्छ।
डेड्ली टु अरु मनुवाहरुलाई। उठेर के-के गर्यो म भन्न सक्दिन। तर उसको ठाटबाट कुनै पार्टीमा जाने जस्तो देखिन्थ्यो। (साँच्चै सोच्नुहोस् त नगरकोटी पार्टीमा जाँदा कसरी रेडी हुन्छ होला? मेरा मतलब है उ फरक लुक्समा देखिन्छ होला? सोच्दै हाउ फन्नी।)
उ अब निस्कनलाई रेडी भयो। उ आफ्नो गुफाको द्वारसम्म आयो। खै किन हो फेरी भित्र पस्यो। सरासर पाईखानामा जाँदा भया कुमार जि। अनि जिन्स पाइन्टको द्वार अनजिप गर्दा भया।
राम्ररी सम्झ है जिन्स नै हो कि हैन, हो भने पक्कै कालो होला।
ल हाँस एकछिन।
कुमारेको सलुवारमा जिप, क्या नसुहाउने है। त्यसपछि के?
उसको पाइखानाको कमोड हिन्दुस्तान कम्पनिको छ। अनि आवाज आयो पान्धाराको। नगरकोटीकै स्टाइलमा उस्को चिन्डे छाया उसैगरी भित्तामा टासियो। ठ्याक्क तेतिनै खेर कुलमानजि फेल हुनु भो। नगरकोटीको गुफा भित्रको बत्ति त्यही रह्यो, बिजुलि गयो।
अब गुफाभित्रको गुफा सोच्नुहोस कति अध्यारो थ्यो होला। सोच्नै पाको थेन घिसिङ बाबुले बत्ति छोड्दिनु भयो। पूरै गुफा उज्यालो भयो अनि चिन्डे छाया बिचल्लीमा पर्यो।
कसरी?
कसरी भन्नु, नगरकोटी त अन्तरध्यान भएछ। त्यो बबुरो आफ्नो छायालाई छोडेर। ल भन्नुहोस्, आफ्नै छायालाई छोडेर कोही यति हतारमा हुन सक्छ?
यस, मात्र नगरकोटीले सक्छ। वन्ली कुमारकोटी क्यान।
असम्भव, हुनै सक्दैन।
किन हुनै सक्दैन? उ, त्यो चिन्डे छाया त्यही कोटी मतलब नगरकोटीकै त हो नी। आफ्नो मालिकलाई खोज्दै हिनेको।
तिमी कसरी भन्न सक्छौ मान्छे आफ्नो छायाको मालिक हो भनेर?
सही बात।
बात हैन, उत्तर भन्नुहोस्।
ओके, सो कल्ड कोइसन। किन्तु मसँग यसको जवाफ छैन। नगरकोटीलाई नै सोधे कसो होइजाला?
अच्छा होइजाला। बट होयर ईज सो कल्ड नगरकोटी?
बरु त्यही चिन्डे छायालाई नै पच्छ्याउँदै गए कसो नभेटिएला।
यस अफकोर्स माई लेडी, फलो मि। वास्तवमा नट फलो मि, वि निड टु फलो चिन्डे छाया।
जब बिजुली आयो, छाया रनथनियो। नगरकोटी त अदृष्य थियो। पाइखानाबाट निस्कियो। अनि छायाले अनुमान लगायो, पोसिबल प्लेसेस अफ नगरकोटी। खोज्नु त पर्यो आफ्नो ओरिजिनललाई।
बिहान बिहानै कालो कफीको चुस्कीको मातले होला भन्ने ठम्याईका साथ उ पाटनढोकाको ढोकैमा क्याफेभित्र छिर्यो। सबैतिर चर्मचछुको खानतलासीबाट नगरकोटी पत्ता लागेन। एउटा खैरे यल्लोईस स्यान्डोमा एक्सप्रेसोको दावत उडाउँदै थियो। हातमा मोबाइल थियो, मोबाइभित्र के थियो खैरेलाई सोध्ने कुरो भएन।
यसरी टाँसिएको थियो कि उ मोबाइलसँग, खासमा मोबाइलभित्र खैरे थियो, यस्तो अनुमान लगाए हुन्छ। गलत भैँदैन। बडा ताज्जुबका साथ उ बाहिर निस्कियो। अलि पर शेर्पा बेकरीमा पो छ कि? छाया उतै लाग्यो।
अन्दर बाहर सबैतिर बिरालकोटी लुप्त थियो। एकछिन पर्खिन मन लाग्यो छायालाई। मनको धोको मात्र बुझियो, कोटी कतै झुल्किएन। चिन्डे छायालाई याद आयो शंखमुल, घाट अनि नजिकैका कामुककुति शेलायका काउली बारी।
अब हतार लाग्न थाल्यो। छाया हिन्यो। संयुक्त क्याम्पस पछाडिको संयुक्त बाटो बाटै हुँदै। अब चिन्डे छाया घाटमा विचरण गर्न थाल्यो एकएक पाटी, एकएक स्थुल हेर्यो। नगरकोटीको अस्तु पनि थिएन।
नजिकैका करेसाबारीहरुमा रासलिलामै पो छ कि त। हेर्ने पालो अब काउलीबारी तिर। कतै काउलीमुनि अनतरध्यान गर्दै पो छ कि। तर छायाको अनुमान फेल खायो थिएन नगरकोटी।
नजिकैको मन्दिरमुनि गएर सुस्कायो। बल्ल बत्ती बल्यो दिमागमा, कुमारकोटी त घाटमा बिहान-बिहानै झुल्किने जिनस नै हैन। उ त राति-राति कालो मुसाको शिकार गर्ने कालो बिरालो पो हो। अनि उसलाई सबसे बडी घाटका मुसाहरु मन पर्छ।
मुसाकै कारण उसलाई घाटसँग प्यार छ। मायावी लाग्छ, आत्मिय लाग्छ। उसको देवालय, घर मस्जिद, विद्यालय अझ भनुँ युनिभर्सिटी सबै हो घाट। त्यसै बन्छ त उसले धेरै समयपछि आज मलाई आफ्नो घरको याद आयो र सिधै लागे घाट तिर।
तर अफसोस आज उसलाई आफ्नो घरको याद नआएको हुनपर्छ। फेरी आए पनि उसका तमाम घरहरुमा कुन घाटमा विश्राम गरीराछ। उसै काठकोटी नगरीमा घाटको कमी छैन। शिकारीलाई नयाँ-नयाँ ठाउँ विचरण गर्न खुबै मन पर्दो हो, सायद।
सुस्ताईको पेट भरण पछि, कहाँ खोज्न जाने अब। एक ठाउँमा एक तमासको बसाई गर्ने ठाउ एकै छैन उसको। उसका किताब पढ्ने पाठकहरूलाई घाटा के भने, उसले आफ्नो लेखनीमा उल्लेख गरेका एउटा ठाउँ पनि एक बारको जुनिमा भेटाउन सकिन्न।
पात्रलाई सोध्न हुन्थ्यो खलिल जिब्रानले कुमारकोटीलाई मात्र दर्शन भेट दिन्छ। यो एक प्रकारको तान्त्रिक मन्त्र मैले पनि सिकेको छैन। तपाईको दर्शन भेटको लागि मैले सिकेँ भने भन्छु है। छाया फुस्फुसायो।
सम्झियो मन्डला थिएटर।
लाग्यो युन पार्क हुँदै अनामनगरको बाटो। सरासर, फटाफट।
निस्कियो बिजुली बजारको पुलमा। हेर्यो, सडक त पुरै पांग्रेको कब्जामा, घडीमा ११:३७।
यो अफिस समय होला/नहोला? सडक पार गर्न क्रसिङ जेब्रामा उभियो। कस्तो डर लाग्दो। सवारीले चिन्डे वायुलाई कुचल्देलान कि भन्ने। सम्झ्यो। पहिला यसरी कहिल्यै डर लागेको थिएन।
कुमारकोटी जैहिल्यैसँगै जो हुन्थ्यो। थाहा भयो एक्लो हुँदा बहुतकुचको चिन्ता लिनु पर्दो रहेछ। आफ्नो ओरजिनल जिनिसको झन् माया लाग्यो चिन्डे छायालाई।
जसो तसो मानिसहरुको बीच हुँदै सडक पार गरी प्रभु बैंक हुँदै सिंहदरबार पछाडि झुल्कियो। सडकको दाहिने हुँदै मन्डला नाटक घर नजिकै आईपुग्यो। ठूलो बोर्डमा लेखिएको थियो- बाह्र दुरबासा।
सरोज खनाल अभिनित राजन खतिवडा निर्देशित। हाँसी आयो। बिहान-बिहानै हराउनको कारण दुरबासाहरुको बोर्ड मिटिङमा हाजिरी जनाउन पो रहेछ।
भित्र छिर्न ढोका बन्द थियो।, पाएन। नाटक ३० मिनेटअघि निस्किसकेको रहेछ। सोधेर थाहा पायो। आफ्नो समस्याको बोली विस्तारपश्चात एक जिनिसले उसलाई माथिबाट तात्पर्य फोकसिङ रुमबाट पूरै नाटक घर हेर्ने अनुमति सहित बन्दोबस्त मिलायो।
सोही रुमबाट छायाले डिफेरेन्ट डिफ्रेन्ट एंगलबाट फोकस मार्यो आफ्नो ओरजिनल खोज्न। बाह्र दुरबासाभित्र पनि थिएन। दुरबासालाई हेर्ने तमाम दुरबासाहरुमाझ पनि थिएन कुमारकोटी। बहिर निस्कियो दुरबासा हुँदै।
ढोकामा के निस्कियो थियो खतिवडा राजनसॅग दर्शन भेट भयो। अंकमाल गर्यो यस्तै केही।
म कुमारकोटीको आई मिन नगरकोटी प्रतिबिम्ब। सो कल्ड स्याडो अफ नगरकोटी। छायाले भन्यो।
राजन जि मुस्कुराउँदा भया र बोल्दा भया। अरे सो कल्ड स्याडो जि तपाई नगरकोटीको छाया हो भनेर कसले चिन्दैन। कुमारकोटी इज अलाइभ इन हिज स्याडो इभन इन हिज अबसेन्स।
यदि कुमारकोटीको छाया चिनिएन भने नगरकोटीले यो तान्त्रिक सहरमा यत्रो तपश्या गरेको व्यर्थ भयन? उसले लेखेको एउटा लाइनको लेखनी पढेर, छायामा मात्र उसको टाउको हेरेर नगरकोटी चिनिन्छ, छाया जि। अनि उसको सम्पति भन्नुहोस्, उसको व्यक्तित्व भन्नुहोस, त्यही लेखनी हो, त्यही बाहिरी आवरण हो।
तर राजन महासाय आज बिहान बिहान कुमारकोटी मबाट बिछोड भयो।
हतार हतारमा बोल्न थाल्यो। आफ्नो अन्तरनाद सुनाउन थाल्यो छाया जिले।
खतिवडाले नजिकैको चिया पसल जाने इच्छा फर्माय, छाया महाराजको घब्राहट देखेर। राजन अघिअघि, छाया महाराज पछिपछि। नजिकैको चिया पसलभित्र.......
राजनले कालो चिया बनाउने निर्देशन दिए। त्योभन्दा पहिला एक गिलास चिसो पानीको टेक लिन आदेश दिए। चिसो पानी टेबलमा आयो। अब छाया महाराजलाई कुल डाउन गर्न चिसो पानी पिउन आग्रह गरेनन्। बोले, ल भन्नुहोस् तपाई र नगरकोटीको बिछोड कसरी?
अब चिन्डे छाया महाराज बोल्दा भया...
हे राजन, क्या बताउ,
खासमा कहानी कुमारकोटीको शौचालयको शु गराईबाट सुरु हुन्छ। उ शु गर्दै थियो। तपाईलाई थाहै छ, मालिकले जे गर्यो, त्यो हामी छायाधारीले गर्नु परम शाश्वत धर्म हो र म पनि त्यही धर्ममै थिए। बिजुली बत्ती निभ्यो। फेरी बल्यो। तर त्यो बिचमा मेरो कुमारकोटी हराई सकेको थियो।
मबाट टाढा भइसकेको थियो। यदी त्यसरी बिजुली हराउथेन भने सायद कुमारकोटी मबाट हराउथेन कि सायद। मलाई त यो कुलमान भाइको कुनै साजिस जस्तो लाग्छ हो राजन जि। कतै कुमारकोटीको अपहरण त भएन? यस्तो गरू मुद्दा हाल्दिम क्या हो कुलमानका विरुद्द।
खैर, बिहानदेखि खोजेको खोजैछु, भेटिराकै छैन। कति चिन्तित छु म। कहाँ गयो होला। मदेखि अन्तरध्यान हुनुको रहस्य के होला? कतै उसले मलाई आफूदेखी बिछोडपत्र दियो भने, मेरो के हालत होला। आई क्यान्ट इम्याजिन राजन जि, आई क्यान्ट।
तर था छ राजन जि, आई लभ हिम सो मच। यो एकबारको जुनिमा आई एम सो प्राउड अफ हिम कि म उसको छाया हुन पाएँ। उसको यात्रा नगरकोटियन उत्पतिदेखि अहिलेको माईस्टिक डिजाइनसम्मको सहयात्री या भन्नुहोस् एक्लो साची म नै हुँ।
उसले यो बीचमा विचरण गरेका हरेक काव्य, काब्बिक प्लेसेस काब्बिक मनुवाहरु जो-जो भेट्यो, त्यो सबैसँग भेट्ने अवसर मैले पनि पाएको छु। जस्ट बिकज अफ हिम। उ जाने मायावी ठाउँहरुमा जाने सौभाग्य मैले पनि बाडेको छु।
उसले भेट्ने बियोन्ड द अर्डिनरी वाले पाठकहरुसँग मेरो पनि भेट हुन्छ। खुसि लाग्छ। उ प्रति गर्व लाग्छ। कुमारकोटी भएर उसले जे-जे पायो, उसमा मेरो पनि अंश हुन्छ।
राजन जि तर एउटा कुरा सोधि हालुम्, म छाया हुन पाएकोमा गर्व गरेजस्तो कुमारकोटीले उ मेरो ओरजिनल हुन पाएकोमा मप्रति गर्व गर्छ होला कि नाई? यो जान्ने अवसर मैले अहिलेसम्म पाएको छैन।
कुनै दिन सोधुम्ला सायद। कुमारकोटीलाई मैले हरदम हरबखत साथ दिन्छु। उ गल्ली-गल्लीहरुमा हन्टिङमै हुन्छ। तपाईलाई थाहा नै छ पाटनका गल्ली कति फोहोर हुन्छन्। कैलेकाही पानी पर्दा झन कस्तो उपर्दो भयका हुन्छन्।
यस्तो बेला कुमारकोटी डिंगो जुत्ता लगायर ढुंगा ढुंगामा टेक्दै हिलो नलगाई धुलो नलगाई हिन्छ। म भने त्यही धुलोमा त्यही हिलोमा बिछ्छियर हिड्छु। उसको हरदम साथको लागि। उ जाने हरेक ठाउँमा उसले भेट्ने भनेको उसँग जो-जोले हात मिलाए त्यति मात्र हुन्।
तर भेट्न चाहाने अरु मान्छेलाई म भेट्छु अनि बिहाफ अफ कुमारकोटी, उनीहरुलाई स्पर्श गर्छु, उनिहरुको स्पन्दन सुन्छु। अस्तिभर्खर मात्र शेर्पा बेकरी बाहिर अमेरिकानो पिउँदै कालो किताब पढिरहेको कुमारकोटीलाई देखेर पश्चिमदेखि आएको एउटा उसको पाठकले बोल्न खोज्यो, भेट्न खोज्यो, तर डराएर बोलेन बिचारोले।
मलाई कुमारकोटीका पाठकदेखि बहुत प्यार छ। कुमारकोटीले उ तिर हेर्दा नि हेरेन, तर मैले त्यो मनुवालाई गले मिलाए।
राजन जि उसको एउटा कबिता छ, औँला सम्बन्धि। के कहाँ छुटे, के कता छुटे भन्ने।
तर उसैलाई थाहा छैन कुमारकोटी भएर उसले के के छुटाएको छ भनेर। जुन मैले कम्प्लिट गर्ने गरेको छु। सो हिज पोइम फिंगर्स ईज अधुरो। वन डे आई विल रिपोट्रेड द्याट पोइम एण्ड मेक ईट कम्प्लिट। एण्ड प्रोमिस यु खतिवडा राजन डेफेनेट्ली रिसाइट टु यु।
अहो आज कुमारकोटी म बिनै छ। आज उसको दिन अधुरो नै छ होला। उसले म हराएको थाहा पायो होला कि नाई। याद गर्यो कि नाई, मलाई। उसले को-कोलाई भेट्यो होला? अनि भेट्न चाहाने तर नसकेकालाई उसको बिहाफमा कस्ले भेट्दिन्छ? राजन जि, मलाई त अत्यास पो लाग्न थाल्यो त।
राजन जि, राजन जि,
चिन्डे छायाले खतिवडा राजनलाई तीन चोटी आवाज लगायो। उताबाट आवाज आएन। हेर्यो, राजन त निद्रामा पो रहेछन्। स्वा..,स्वा…। यानिकी अहिलेसम्म छाया महाराज बर्बराएको स्वाहा। छायाले काउन्टर नजिक गएर बोलायो।
साउजी, साउजी।।
हजुर, साहुनी बोलिन्।
राजन खतिवडा सुत्नु भएको छ, गर्मी छ, फाइबरको शिरक ओढाई दिनुहोला।
हुन्छ।
छाया महाराज निस्किनु भयो चिया पसलबाट फेरी कुमारकोटी कै खोजिमा।
पाँच मिनेटपछि, चिन्डे छाया फेरी झुल्कियो काउन्टर अगाडि।
सुन्नुहोस् त।
भन्नुहोस् त।
उ त्यो शिरक ओडेर सुतेको मान्छे उठेपछि एक कप चियाको पैसा लिनु होला अनि मेरो बिदाई पनि सुनाई दिनु।
साहुनीले केही बोल्नु अगाडी चिन्डे महाराज निस्किसक्नुभयको थियो। साहुनी अलमलमा परिन्, कसले बिदाई भनेको भनेर के भेन्ने।
कुमारकोटीलाई भेट्न एउटा प्रश्न बोकी चिन्डे छायालाई पछ्याउदै हिनेका एक जोर परेवाका दुई जोर पखेटा थाक्दा भया। त्यसपछि पुरानै पाटन फर्कदा भया। त्यसको दुई घन्टापछि चिन्डे छाया पनि एक्लै थकित मुद्रामा लुखुर-लुखुर पाटनको ढोकाभित्र छिर्दा भया। छाया महाराजलाई फेरीस पनि एक्लै देखी जोरधारी परेवा जोडी जिल्ल पर्दा भया।
सरासर नगरकोटियन छाया कुमारकोटीको गुफाभित्र छिर्यो। देख्यो कुमारकोटी त ग्रिस्मिलसँग ऋतु मिलाई रहेछ। चेनको सास फेर्यो। ओरजिनलसँगको मिलनलाई सेलिब्रेट गर्यो। तथानाम काम कुरोपश्चात बेडमा आयो कुमारकोटी।
कथा सुनायो छोरोलाई भांखाको चिठी बाई एन्टोन चेखोब। अनि तिर चलायो, खुकुरी जलायो। धुवा उढ्न नपाउँदै छोरोले राठी स्विच थिच्यो, गुफा अन्धकार भयो। पूरै गुफाभरी फैलियो, चिन्डे छाया।