Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, असोज ३१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

संघर्ष

शीतल शर्मा

शीतल शर्मा

बादलको घुम्टो खोली, आकाशमा लुक्न खोज्दा,

पानी बनी झरिदिन्छ, केही क्षण रुक्न खोज्दा।

कर्कलाको पात माथि, पानी बनी बसेको त,

हल्लिएर झरिगयो, खित्का छोडी हाँसेको त।।

 

सुख्खा थियो बगर त, उर्लिएर भेल बन्यो,

ढुंगाजस्तै बन्न गएँ, ठोक्किएर उल्टै हान्यो।

हिमपात हुँदै थियो, जम्मा गरी साँच्न लाग्दा,

पग्लिएर साथै छोड्यो, प्रित गाँसी बाँच्न लाग्दा।।

 

न्यानो काख खोज्दै जाँदा, सूर्य निच पुग्ने इच्छा,

रात बनी डुबिदियो, इच्छा बन्यो त्यसै मिथ्या।।

उजेलीको रात भरि, प्रतिबिम्ब थियो मेरै,

दौडिएर भेट्न खोज्दा, रात त्यसै गयो खेरै।।

 

कथा जस्तो ‘डल्लो-पत्री’, मित्रता त गाँसेकै हो,

हावा पानी एकै चोटी, दु:ख दिन आँटेकै हो।

बसन्तमा पलाएका, कलिला ती पातहरू,

हुरी आई उडाएर, तोडिदियो साथहरू।।

 

खाँदा पनि पछुतो रे, नखाँदा त झनै कस्तो,

जिन्दगी नै बनिदियो, बनारसको लड्डु जस्तो।

गन्दै थिएँ ताराहरू, सूर्य आई झेल ग-यो,

कठै! मेरो जीवनमा, कस्ले यस्तो खेल ग-यो?

 

जिन्दगीको परिभाषा, संघर्ष मै टुंगी गयो,

सिधा थियो बाटो तर, मोड लिइ बाङ्गी गयो।

जता सुकै पुगे पनि, पछ्याउँछ छाया जस्तै,

सोच थियो अर्कै तर, पलट भो काया जस्तै।।

 

आभारी छु सेतोपाटी, भाव पोख्ने ठाउँ पाएँ,

साहित्यमा पस्नलाई, अर्को एउटा नाउ पाए।

लजाउँदै अघि बढें, अब कैले लुक्ने छैन,

पाठकको साथ पाए, कलम यो रुक्ने छैन।।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १६:३९
सिफारिस
जेनजी प्रतिनिधिसँग राष्ट्रपतिले भने- अख्तियारसम्बन्धी अध्यादेश सरकारले ल्याए हस्ताक्षर गर्छु
जेनजी प्रतिनिधिसँग राष्ट्रपतिले भने- अख्तियारसम्बन्धी अध्यादेश सरकारले ल्याए हस्ताक्षर गर्छु
कोरला नाकाबाट गाडी र सामान ल्याउँदा के-के भयो समस्या?
कोरला नाकाबाट गाडी र सामान ल्याउँदा के-के भयो समस्या?
चार महिनाभित्र कार्यान्वयन गर्ने लक्ष्य राखेर उद्योग मन्त्रालयले बनाएको ३९ योजना
चार महिनाभित्र कार्यान्वयन गर्ने लक्ष्य राखेर उद्योग मन्त्रालयले बनाएको ३९ योजना
देउवाले कार्यवाहक सभापति बनाएका किसुनजीका अनुयायी खड्का
देउवाले कार्यवाहक सभापति बनाएका किसुनजीका अनुयायी खड्का
प्रधानमन्त्री कार्कीले आज कूटनीतिक निकाय र राजदूतहरूसँग छलफल गर्दै
प्रधानमन्त्री कार्कीले आज कूटनीतिक निकाय र राजदूतहरूसँग छलफल गर्दै
दसैंमा धेरैले फाइदा उठाए, तिहारमा खबरदार!
दसैंमा धेरैले फाइदा उठाए, तिहारमा खबरदार!
प्रतिक्रिया दिनुहोस्

विचार

लेखनाथ पाण्डे
पत्रकारितामा दलीय ऐँजेरू! लेखनाथ पाण्डे
विजयमणि पौडेल
बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव विजयमणि पौडेल
डा. सुशील कोइराला
म जुम्ल्याहा जेनजी छोराको बा डा. सुशील कोइराला
नरहरि आचार्य
अब कांग्रेस नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्छ नरहरि आचार्य

ब्लग

नताशा झा
सुन्दर बाजुराको डरलाग्दो अनुभव! नताशा झा
धिरोज राय
संघर्षदेखि सफलतासम्मको यात्रा! धिरोज राय
तुल्सीराम अर्याल
आमा–बुबाको 'बुहारी हेर्ने सपना' सुनको मूल्यसँग साटिन थालेको हो? तुल्सीराम अर्याल
उज्ज्वल प्रजापति
नोस्टाल्जिक प्राचीन भक्तपुर! उज्ज्वल प्रजापति

साहित्यपाटी

राकेश कार्की
ज्यादा कमाउनु मूर्खता हो त! राकेश कार्की
सन्तोष बोहरा
अन्तर त केबल दुरीको हो! सन्तोष बोहरा
सञ्जना सुर्खेती
हराएको म! सञ्जना सुर्खेती
राजेश केसी
मौनतामा गुन्जिरहेको नाम 'विपिन'! राजेश केसी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP