खैकहाँलाग्छपाप
खै कहाँ लाग्छ पाप, कसरी हुन्छ धर्म
कल्ले गर्छ न्याय यहाँ, कल्ले बुझ्छ मर्म
जगजगी उसको यहाँ, जो गर्छ कुकर्म
खै कसलाई लाग्छ पाप, कसलाई हुन्छ धर्म
उसैको जित यहाँ जो गलत ढाक्न सक्छ
झुठो सहि साबित गरि जो दुनिया हाक्न सक्छ
जिउछ्न उनै, जो सक्छन लुट्न अरुलाई
उही माहान, जो झुक्याउछ दुनियालाई
मारिन्छिन संयौ निर्मला यहाँ, पापीका हवसको आगोमा
लुटीन्छिन हर दिन नारीहरु, न्याय पाउने आसमा
लुटन्नेहरु लुटी रहन्छन, लुटिनेहरु लुटीन्छन सधै
अशक्त र असाहयहरु न्यायलाई पर्खिन्छ्न यसै
आक्रोसका आवाजहरु उम्लन्नछन, सेलाउछन
मारिने मरिरहन्छन, पापीहरु ताण्डब नाची रहन्छन
कल्ले दिन्छ न्याय यहाँ कल्ले गर्छ कर्म
खै कसलाई लाग्छ पाप, कसलाई हुन्छ धर्म