मेरो दोस्रो परिवार, म काम गर्ने ठाउँ,
मैले दैनिक ७ घण्टा बिताउँने ठाउँ,
मेरो कामको अनि मेरो सर्टिफिकेट बिकेको ठाउँ,
मलाई अनि मैले विश्वास र माया गर्ने ठाउँ
हो मेरो कार्यालय अब बालमैत्री बन्यो
कुर्सीमा बसेर ल्यापटपमा अक्षर टाइप गर्दै,
घरीघरी छेउमा रहेको मोबाइलको कभरमा
भएको छोरीको तस्बिर हेर्दै
बिरामी छोरीलाई घरमा छोडेर कार्यालय
आउँदा घर न घाटको महशुस गर्दै
भित्रभित्र भक्कानिएको मन सम्हाली सहकर्मीसँग
बाहिरी रुपमा हँसिमजाक गर्दै
दिनहुँजसो छोरी ल्याउन पाए यहाँ राख्थेँ र उहाँ राख्थेँ
भन्ने कल्पना गर्दै बस्ने ठाउँ
हो, मेरो यही कार्यालय अब बालमैत्री बन्यो
प्रत्येक दिन घरबाट कार्यालय जानेबेला नजाउ मामू भनेर
टोलै थर्काउने गरी रोएकी छोरीलाई स्कुटरको
अगाडिको पाटोमा राखेर लैजान मन गर्दै
बाटोभरी साच्ँचै आफुलाई निर्दयी आमाको अनुभव गर्दै
कार्यालय आउने म जस्ती आमाको लागि सुनौलो भयो
आखिर मेरो कार्यालय बालमैत्री बन्यो