म दुर चिहाउन निस्केको मान्छे
भुलेछु आसपास चिहाउन नै
तिमी भन्दा पर केही देख्दै नदेख्ने भएछु
आँखै अगाडिको सुन्दर क्षितिज
शिरै माथिको निलो गगन
आफ्नै भरोसा टेकिएको प्यारो माटो
प्यास मेटाउन तत्पर कन्चन पानी
फिक्का फिक्का भएछ
निर्जीव बनेछ
मेरै लागि स्वास भर्ने ठेक्का लिएको वायु
सबै सबै बिर्सेर भौँतारिएछु।।
तर सर्वथा बिर्सेर देखेको तिमीले
आँखा चिम्लेर गरेको भरोसा माथि
यसरी कुठाराघात गर्यौ कि
जिन्दगीका नदेखिएका सत्यहरु देख्न पाएँ।
जिन्दगीले दिएको भन्दा
नदिएका खुशीहरु प्रिय लागे
समय भन्दा बलवान लागेका
बिश्वास हरु
कायापलट भएर
उन्मुलन कै गतिमा बेग लगाइरहेछन्
र पनि
डियर जिन्दगी
तिमी प्रतीको मेरो प्रेम उस्तै छ!
तर पनि
जान मन छ कतै टाढा
यो मतलबी दुनियाँ
र स्वार्थी मान्छे हरुको चंगूल बाट।
जहाँ
बास्तविक जिन्दगी
बिचरण गर्न पाइयोस्।
पाइयोस मायावी समय को
मिठो आलिङ्गन
बिर्सेर सर्बथा
सम्झेर केही राम्रा
समयका किस्साहरु
शिथिल मन र
गुम्सिएको आभास लाई
बिसाउन कुनै चौतारीमा
जहाँ ढाक्रेहरु बिसाउँछन्
आफ्ना तन भरिको दुखःहराउँदै यो भिड भन्दा पर
बोकेर तिम्रा मेरा समयका यादहरु
लिएर एउटा विशाल हृदय
डियर जिन्दगी तिमी
मलाई माफ गर्नु है
थकान मेटाउने बहानामा
म आफैँ कतै गुमनाम भएँ भने !!