अहंकारका डकारहरू


मान्छे जब निरीहताको

खाल्डोमा जाकिन्छ तब ऊ

अन्धकार भ्रमको छिँडीबाट बल्ल उम्कन्छ

अनि पश्चातापको ज्वालामा जल्न थाल्छ

जबसम्म ऊ आफूलाई मजबुत ठान्छ

ऊ देख्दैन केही बिवेकका आँखाले

र डकारीरहन्छ अहमताका डकारहरू

हो …यसैले मान्छेले आफूभित्रका

मानवीयता, कोमलता, मनुष्यतासँग नजिकिन

एक पटक बल्ड्याङ खानै पर्छ र …

अहमताको छातिमा तिखो तीर लाग्नैपर्छ

तब मात्र मान्छे,आफ्नो अभिमानबाट परिचित बन्छ

र सोंच्छ, अहो! मैले आफ्नो मनुष्य जीवनलाई किन

दुरुपयोग गरेँ? भनेर।

तर … जब सही सोँच मथिंगलमा घुम्न थाल्छ

मान्छेले आफूलाई कम्जोर पाई सकेको हुन्छ

अनि आफ्नो भाग्यको हिस्साबाट धेरै थोक

गुमाई सकेको हुन्छ,

बाँकी रहन्छ त केवल पश्चाताप र आत्माग्लानी

हो यही हो मान्छेको एउटा अबैध गुण

जस्ले मान्छे त बनायो तर मान्छेको खोल ओढाएर

पशुको भन्दा कम्जोर र निरीह सोंच दियो

यसैले … के मान्छे हुनुमा गर्वित हुनू?

जस्ले जन्मको सार बुझेको हुँदैन

जब बुझ्ने समय आउँछ तब उ चुर्लुम्म

पश्चातापको रन्कि रहेको आगोमा दन्दनी

सल्कि रहेको हुन्छ,

आफ्नै अहंकार र अबुझ्पनालाई कोस्दै।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.