रामु वकिल


आठबर्षपछि भेट्दा ऊ जस्ताको तस्तै । पुतलीसडकस्थित प्रेम सेकुवामा हल्का लिने उदेश्यले भेट्ने तय ग¥यांै । खसीको सेकुवा, अलिकति भटमास र ह्वीस्कीको बोत्तल लगभग आधा सकिसकेको थियो । बेलुकीको दुइघण्टाको भेटघाटमा । अलिकति झ्याप्प झ्याप्प भैसकेपछि मैले सोधेँ ‘ल यार महाभारतको झगडा के हो’ ? उसले पनि झ्याप्प शैलीमै भन्यो–‘जग्गा बिबाद’ अनि रामायण नी ? त्यो त ‘किडन्यापीङ केस हो’ अब भने मलाई ऊ पक्का प्रोफेसनल वकिल भैसकेको भान भयो ।

यत्रो प्रोफेसनल वकिल भैसकेपछिपनि पनि उसको एउटा कुरा गडीरहेको थियो । के भने दिउँसो भेट्ने योजनाका लागि फोन गर्दा – ‘भेट्न त भेटौंला तर आजको खर्च तिम्रो’ भनेको याद आयो । भेट्न भन्दा अगाडि नै खर्चको टेन्सन मनमा कुरा खेलीरहेको हो । खासमा उसको दिवालियापन देखेर ।

त्यसो त ऊ र म सानैदेखिको साथी हो । उसको पुलतीसडकस्थीत श्रेष्ठ फोटोकपीनेर ल फर्म छ । आफ्नै ल फर्ममा दुइतीनजना वकिल साथी राखेर फर्म चलाएको मान्छेमा कसरी दिवालियापन होला? मेरो दिमागमा कुरा नखेलेको होइन । ह्या भैगो यसरी कुरा खेलाउनु हुन्न नभेट्दासम्म भनेर टारिदिएँ ।

ऊ आयो । कालो कोटलाई रेष्टुरेन्टको ड्रेसिङ्गरुममा झुण्डायो । लामो समयपछिको भेटपछि अँगालो मार्ला भन्ने सोचेको थिएँ तर ऊ थचक्क टेवलमा बस्यो र खानाको अर्डर हेर्यो अनि पुलुक्क मतिर हेर्दै सरी यार भनेर हात मिलायो । हैट तिम्रो त स्वभाव त उही पुरानै रहेछ ठाडो मैले भनेँ ।

‘आफ्नालाई हो’ । मैले चित्त बुझ्यो कम से कम ‘आफ्नो’ सोचेकोमा । तीन प्याक लगाएपछि मात्र मैले महाभारत र रामायणको प्रश्न सोधेको हो उसलाई ।

घर कहाँ बनायौं तनि ? कि भाडामै छौं? ‘पख्नुस एक पप हानम, उसले चुरोटलाई बेलुन उडाएझैं धुवाँ बनाएर उडायो र भन्यो ‘केलाई के उदेश्यले आवश्यकताभन्दा बढी जोड्ने ? सम्पत्ती के सँग नापिन्छ र ? घर, गाडी, ब्याङ्ग ब्यालेन्स यो त केवल अविकसित देशका जनताको मानसिकतामा मात्रै रहने कुरा हो’ तिमी त विकसित देशमा बसेको मान्छेले यो प्रश्न सोध्ने होइन । उसको यो कुराले म आफू विदेश बसेको कुरामा आत्मग्लानी भो । विदेशमा ठ्याक्कै यसको फरक छ र पनि मैले उसलाई भनिन ऊ भन्दै गयो । हरेक कुरामा मान्छेले शिक्षा लिइरहन्छ ज्ञानको । कलाको र खुशी हुने सौभाग्यको । तर त्यसलाई नचिन्नु नै बेवकुफीपन हो’ । ‘होला’ मैले टाउको हल्लाएँ । आज नहुनु भोली हुनु हो । रात हुनु दिन हुनका लागि हो । यस्तैयस्तै ।

हामी त्यहाँबाट बिल तिरेर निक्ल्यौं । भक्तपुर बसपार्कनेर एकएक गीलास अनारको जुस पीएपछि फलफूल पसलवाली आमैले पैसा लिन मान्नुभएन । र सन्चो बिसन्चोको कुराको भलाकुसारी उनीहरुबीच भए । ऊ खुशी देखियो आमाको अनुहार र बोलीबाट लाग्यो गहिरो सम्बन्ध छ । जे होस आज मलाई उसको घर जानु थियो हामी उसको घर गयौं लैनचौर । सामान्य औपचारिकपछि घरमा खाना खाएर उसले देखाएको बेडतीर म सुत्न पुगेँ ।

राती अलि बढी पिएकाले बिहान ८ बजेसम्म सुतिएछ तर ऊ भने उठेर कलेज पढाउन हिडिसकेछ प्रर्दशनी मार्ग । सिरानीनेर उसको एउटा सानो डायरी थियो । डायरी माथी एउटा सानो पाना थियो त्यसमा लेखिएको थियो

प्रिय मित्र खुशी कसरी हुने’ ?

तल लेखिएको थियो यसरी ।

‘त्यो दिन श्रीमतीले फोन गरेर भनिन् घरमा केरा लिएर आउनु’ भन्ने कुरा जब अफिसबाट वाइक स्टार्ट गर्ने बेला सम्झें । उनले भनेकी थिइन एक दर्जनजति लिएर आउनु ।

खसी बजारबाट भित्रीबाटो हुँदै सिधै म त्यो दिन भक्तपुर बसपार्क निक्लने योजना बन्यो । त्यही बाटोमा एक टोकरीमा एउटा बुढी आमैले केरा बेच्न लाग्नु भएको रहेछ । त्यसो त मैले जहिलेपनि श्रीराम फ्रुट सप पुतलीसडकबाट किनेर ल्याउँथे । तर आज मलाई लाग्यो कि यिनै बुढीआमैसँग केरा खरिद गरुँ ?

मैले बुढीआमालाई सोधेँ ‘आमा केराको भाउ कति छ? बुढीले भनिन एकसय बीस ।

फेरि मैले भनेँ सयमा हुन्न ?

बुढीले भनिर्न एकसय बीसमा एकरुपियाँ पनि कम हुन्न’ ।

फेरि मैले भने एकसय दशमा दिने भए दिनु, बुढी आमाले गर्धन दायाँवायाँ घुमाइन ।

बुढीआमासँग बार्गेनिङ्ग गर्न छाडेर म सिधैं उही पुरानो मैले किन्ने गरेको पु्रmटसपमा आएँ र केराको भाऊ सोधेँ उनले भने ‘एकसय पचास कति दर्जन दिऊँ’ ?

मैले भनें ‘पाँच सालदेखि मैले तिमीबाट फलफूल किनिरहेको छु । सही रेट लगाऊ’ ।

उसले नजिकै लेखेर राखेको वोर्डतीर इशारा गर्दै भन्यो– ‘वोर्डमा लेखिएको थियो–‘एक रेट एक दाम किचकिच नगर्नु होला’ त्यसपछि मलाई नरमाइलो लाग्यो र फेरि वाइक स्टार्ट गरेँ उही बुढी आमाको टोकरीतीर गएँ ।

बागबजारको बाटोबाट सोच्दैसोच्दै म भक्तपुरबसपार्कनेर बुढीआमाको टोकरीनेर पुगेँ । बुढीआमाले चिनिहाल्नु भो मैले दूई किलो केरा किने दुइसय चालिसमा र आमालाई पाँचसयको नोट दिएँ । बुढीआमाको अनुहार हेरेँ ।

अनुहारमा खुशीका तन्तुहरु फेलापरे ।

बुढीआमाले भनिन– बाबु म सँग खुल्ला पैसा छैन । मैले भने पर्दैन भोली मिलाउँला ।

जब बुढी आमाले अर्को शब्द बोलिन् ‘जब मेरो श्रीमान बित्नु भएको थिएन त्यतिबेला ऊ त्यहाँ मेरो पसल थियो । त्यहाँ सबै फलफूलहरु बेचिन्थ्यो । औंलाले देखाउँदै । उनलाई रोग लाग्यो रोगको उपचार गर्दागर्दै पसलबन्द गर्नुपर्यो र अहिले यो अवस्थामा आएर केरा मात्र बेचेकी छु बाबु । नाफा धेरै खान्न । एक्लो ज्यान पाल्नको लागि किन नाफा खानुपर्यो ? कोही सन्तान पनि छैनन् । आफ्ना हात पाखुरा छउन्जेल गरेर खान के बिग्रन्छ र’ ? कति गहिरो सोच मनमनै कुरा खेलाएँ ।

त्यति भन्दाभन्दै बुढी आमै भावुक बनिन ।

आमा चिन्ता नगर्नु, राख्नु पैसा । अब म तपाईसँग नै फलफूल लिन्छु । पाँचसयको नोट त्यत्तिकै छाडेर म बाइक स्टार्ट गरेँ । सोचेँ भोली म आमैलाई दुइहजार दिनुपर्ला । भोलीपल्ट गएँ र त्यसैगरेँ । भनेँ थोरैथोरै गर्दै तिर्दै जानु । पर्सीबाट बेच्नको लागि कालीमाटीबाट केरा, स्याऊ, सुन्तला पनि ल्याउनु होला । बुढीआमाको हातमा दुइहजार राख्दै उनले केही भन्न नपाउँदै म त्यहाँवाट हिडी सकेँ । र घर आएँ ।

घरमा खानाखाने बेला श्रीमतीसँग एकछिन वातचित गरेँ । हेर हामी ठुला पसलहरुमा जति भन्यो त्यतिमै सामान किन्छौं यो गलत हो । हामी ठगी रहेका हुन्छौ । सायद हाम्रो मानसिकता नै खत्तम छ कि ठूला पसलहरुले गुणस्तरीय सामान बेच्छन भन्ने भ्रम छ ।

मैले यो कुरा मेरो पाँच जना अफिस स्टाफहरुलाई पनि भनेँ उनीहरु पनि त्यही बुढीआमासँग सामान किनेछन् र प्रत्येकले एकएकहजार दिएर गएछन् । सबैले त्यही बुढीआमासँग फलफूल किन्न थालेछन् । तीन महिनापछि अफिसका केही साथीहरुले बुढीआमालाई भाटभटेनी सुपरमार्केटबाट एउटा सुन्तलाको जुस बनाउने मेसिन उपहार दिएका रहेछन् ।

आमै धेरै खुशी भइछन् । आमैको प्रगती देखेर नजिकैको घरधनी तण्डुकार दाइले एउटा सटर मिलाइदिएछन् । पुरानै ठाउँभन्दा अलि वर । फलफूल बेच्दै खाँदै गर्दा बुढी आमैको चेहेरा हस्टपुस्ट हुँदै मोटाउन थाल्नुभो । साथीहरुले भन्ने गर्छन तपाईका लागि प्रत्येक दिन धुप बाल्दा खुशी छाओस भनेर भगवानसँग उनले प्रार्थना गर्दछिन् रे । यो भन्दा खुशी के चाहियो र मित्र ?

‘मेरो मनमा एक अबला महिला । असहाय र बेसहारा महिलालाई सहयोग गरेर जीवनस्तर उठाएँ वस, सबैलाई यही भन्छु एकजनाले एकजनाको जीवनस्तर उकासौं आफ्नो जीवनभर गरेका सबै कामहरुभन्दा ठूलो सन्तुष्ट अन्जान मान्छेको चेहेरामा आफ्नो कारणले आएको खुशीको सन्तुष्ट ठूलो हुनेछ र त्यही सन्तुष्ट र खुशी नै मेरो घर हो मित्र’ ।

मैले डायरी बन्द गरेर म त्यहाँवाट उसको श्रीमतीसँग विदाभएर टाप कसेँ । त्यसदिनदेखि यता रामु वकिललाई फोन गरेको छैन । र उनले पनि मेसेज गरेका छैनन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.