एउटा भिसामा अल्मलिएको मित्रता!


म अनाहकमा  दोषि भएको छु। दोष पटक्कै मेरो थिएन। म नियतले कतै खराब मान्छे होइन। तर, नियतीले मलाई गम्भीर अपराधी बनाइदिएको छ। मैले कहिले तिम्रा बारेमा खराब त होइन नराम्रो पनि सोचिनँ र सोच्ने पनि छैन।

मेरा त्यत्रा ठूला जिजिबिषाहरू पनि थिएनन्। मात्र हामीबिचको दोस्ती बाचुन्जेलसम्म उदाहरण होस भन्ने चाहन्थेँ। मानिसले संगत गरेपछि त्यसलाई सकारात्मक नियती र विश्वासको जगमा अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता थियो।

मैले केही बढि बोलेँ होला वा कम आकलन गरे कि। मेरो गल्ती यती मात्र थियो म अलि बढी आत्मविश्वासी भए। सोचे थुप्रैलाई सहयोग र सद्‌भाव बाँढेको छु आफ्नै साथीलाई पनि किन नगर्ने भनेर । हुन त त्यो छाप मेरो हातमा थिएन, कयैन हस्तीले पनि सानातिना कमी कमजोरीले धोका खानु परेको बग्रेल्ती उदाहरण छन्। तर, मैले साच्चीनै सकारात्मक सोचले तिम्रो उपस्थितिको कल्पना गरेको थिए। हो अलि बढि उपबुज्रुक भए होला केही बढि आत्मविश्वासी। तर पुरा गर्नुपर्ने काम र खाम सबै ब्यवसायिक ढाँचामा पूरा गरेका थिए।

हुन त यस्तै पत्राचारमा थुप्रै साथीले सात समुन्द्रपारीको जीवन र जगतलाई नियालेका उदाहरण छन्। मेरो पनि कामना थियो, आफ्नै आँखासामू यहाँलाई अजिल्यान्ड देखाउने र घुमाउने।

हजुरको यात्रामा म निकै रोमान्चित थिएँ, टिम आउने र घुमाउने अनि केही ब्यवसायिक बैठकका लागि बिषय अगाडि बढिसकेको थियो। अचानक दुई सातापछि दूतावासबाट केही कागजातको कमी भएको खबर आयो। मन चस्कियो, दिमाग झस्कीयो तर पनि सबै चिज मेसोसँगै पठाएँ।

फरक फरक ब्यक्तित्व र कागजातका कारण यस पटक हामी असमर्थ छौं फेरि आवेदन गरेमा मिल्न सक्छ भनेर दूतावासबाट फेरि फोन आयो।

म टोलाएँ, दिमाग शून्य भयो। निकै ठूला कुरा गर्ने म निरिह झै भएँ। सबै कुरा हातमा हुँदो रहेनछ भन्ने लाग्यो। यत्तीकैमा मनले मानेन। फोन आयो भने जवाफ के दिऊँ कसरी दिऊ भनेर सोँचे। छटपटी र कुण्ठाले असहज भयो।

फोन गर्ने हिम्मत आएन अनि म्यासेजको सहारा लिए। लेखिदिए मलाई माफ गर साथी, भिसा दिएन। गल्ती मेरो थियो वा नियतीले दोषि बनायो मलाई।

यतिखेर अलमलमा छु र दिमागमा ढलपल प्रश्न ओइरहेका छन्।

तर अझै सम्झन्छु के सोचे होलान् मेरा ती अति मिलनसार मित्रले। निकै ठूलो कुरो गर्थ्यो अनि सबैलाई चिनेको र जानेको फूर्ति लाउथ्यो। बेइज्जत गर्‍यो एउटा भिसा लाउन सकेन भनेर, उनले भन्दै होलान्।

म भने गम्भीर सोचमा परेको छु यत्रो लामो मित्रताको गाँठो भिषाको पासोले निमोठिएकै हो त! तर उताबाट केही उत्तर आएको छैन। हुन पनि मेरा मित्रले आफ्ना ब्यवसायिक पार्टनरलाई मेरो साथी छ भिसाको समस्या छैन भनेर धेरै पटक भनेको थिए रे। उनको म प्रतीको आत्मविश्वास र सम्मानलाई मैले धोका दिएकै हो। तर भिसा मेरो हातमा थिएन, अध्यागमन कार्यालयको कर्मचारीको मुडमा मोडिएको भिसा प्रकरण मेरो जीवनको लागि ठूलो अभिषाप बनेको छ।

प्रभु खाएको बिष त लाग्छ नखाएको बिषमै छटपटिदाँ फरक पीडाबोध हुँदोरहेछ। भिसाको पीडाले मलाई जिवनभर बन्द सिसा भित्र कैद गरेर छटपटीमा राख्ने हो भने तिम्रो स्वार्थ जग जाहेर हुनसक्छ। नत्र म्यासेजनै भए पनि पठाएर गल्तीको महसुस गर्ने बाटो बनाइदेऊ।

एउटा सानो गल्तीले साथीको साथ गुमाउनु नपरोस् अनि जीवनमा घात पनि नहोस् भन्ने मेरा चाहना ह । यतिखेर एउटा भिसाको कारणले जीवनको सिसा टुटेझै भएको छ।

ऐनाले आफूलाई फरक देखाएको हो कि भन्ने भ्रममा छु। मलाई थाहा छ मेरो साथीको जीवन संघर्ष अनि बलिदानीका पाटाहरू। मिहिनेत र अध्ययनले बाटोका कयैन कसिंगरलाई पन्छाउँदै आफ्नो लक्ष्यमा अगाडि बढेको मेरो प्रीय मित्रले मौनताको बाटो अपनाउँदा मेरो छटपटी बढेको छ। नेपाली शैक्षिक क्षेत्रमा जिउँदो जाग्दो अभियन्ता बनेको तिम्रो जीवनमा सोचेको पुगोस् र चाहेको प्राप्ती होस्, मेरा कामना।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.