कसले बनाए
वर्णमालाका यी अक्षरहरू
यी काला–काला अक्षरहरू
खैरा–खैरा अक्षरहरू
कसले बनाए?
खरीहरूले
चराका पखेटाहरूले
धमिराहरूले
ब्ल्याकबोर्डहरूले
कसले,
आखिर कसले बनाए
वर्णमालाका यी अक्षरहरू?
‘मैले...मैले...’
सबै हस्ताक्षरहरूलाई
बूढी औंला देखाउँदै
भन्न लाग्यो बिस्तारै
त्यो बूढी औंलाको छाप
अनि एउटा सोस्ने कागजमा
विलिन भयो।
(सिंह भारतीय कवि हुन्। प्रस्तुत कविता उनको साहित्य अकादमी पुरस्कार प्राप्त कृति ‘अकाल मे सारस’बाट अनुवाद गरिएको हो।)